मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार ५ बिहीबार १०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद

ब्राजिल बराबरीमा रोकियो

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार १०:२३:००

भेनेजुएलाविरुद्ध आयोजक ब्राजिलका तीन गोलले मान्यता नपाउँदा बुधबार कोपा अमेरिका फुटबल प्रतियोगितामा पहिलो गोलरहित बराबरीको नजिता निस्किएको छ । भेनेजुएलाविरुद्ध ६९ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखे पनि ब्राजिल गोलरहित बराबरीमा रोकिनुका पछाडि भिएआर निर्णायक बन्यो । पहिलो हाफको ३९औँ मिनेटमा ब्राजिलका रोबर्ट फिर्मिन्होले गोल गरेका थिए । तर, विपक्षी खेलाडीलाई फल गरेकाले सो गोलले मान्यता पाएन । भिडियो असिस्टेन्ट रेफ्रीको निर्णय ब्राजिललाई पहिलो हाफमा अग्रता दिलाउन बाधक बनेको थियो ।

भिएआर बाधक
दोस्रो हाफमा आक्रामक लाइनलाई झनै मजबुत बनाएको ब्राजिलले भेनेजुएलाको पोस्टमा थप दुई गोल गर्‍यो, तर दुवै गोलले भिएआरकै कारण मान्यता पाएनन् । ६०औँ मिनेटमा गाब्रियल जिससले गरेको गोललाई भिएआरको सहायताले रेफ्रीले अफसाइड दिए । खेलको ६३औँ मिनेटमा फिलिप काउटिन्होले गरेको गोल पनि भिएआरले ह्यान्ड देखाएको थियो । कोपा अमेरिका फुटबलमा पहिलोपटक भिएआरको सहायतामा तीन गोलले मान्यता नपाउँदा दुवै टोलीले समान १–१ अंक बाँडे ।