मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ५ बिहीबार १०:२३:००
Read Time : > 1 मिनेट
खेलकुद

सन्दीप अन्तर्राष्ट्रिय ब्रान्ड

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार १०:२३:००

नेपाली खेलकुदमा पछिल्लो समय लगातार एक खेलाडी सर्वाधिक चर्चामा रहे । उनी हुन्, सन्दीप लामिछाने ।  अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजमा सन्दीपको चर्चा मात्र छैन, उनी नेपाली खेलकुदका लागि ‘रोल मोडल’ पनि बनका छन् । उनी धेरैका लागि आदर्श पनि हुन् । नेपाली खेलकुदमा रहेर केही गर्न सकिन्न भन्नेका लागि एउटा जबरदस्त उत्तर हो, सन्दीप । उनको सफलताले नेपाली खेलकुदलाई धेरै अर्थमा आशावादी बनाएको छ । 

क्याम्पाचौरदेखि यात्रा
सन्दीपको सबैभन्दा राम्रो पक्ष हो, महत्वाकांक्षा र त्यसलाई सुहाउँदो आत्मविश्वास पनि । जतिवेला सन्दीपलाई कसैले चिन्दैनथे, जतिवेला उनी पूर्णतः गुमनाम थिए, त्यहीवेला उनको मनमा एउटा प्रश्न थियो, नेपालको राष्ट्रिय टिममा प्रवेश पाउन के गर्नुपर्छ ? त्यही प्रश्नले उनलाई चितवनको ट्रेनिङ सेन्टरमा पुर्‍यायो, त्यसपछि के भयो, अब इतिहास हो । चितवनको क्याम्पाचौरबाट भरेको उनको उडान विश्व क्रिकेटका सबै नामका फ्रेन्चाइज क्रिकेट लिगसम्म पुगेको छ ।

सामाजिक सञ्जालमा चर्चित
 उनी यस्ता खेलाडी हुन्, जसको चर्चा नेपालमै मात्र सीमित छैन, पूरै विश्व क्रिकेटमा छ । वर्ष २०७५ मा उनको प्रदर्शनले उनलाई विश्व क्रिकेटकै एक उदीयमान स्टार बनाएको छ । विश्व क्रिकेटमा उनको नाम सुनेपछि केही न केही प्रतिक्रिया दिन खोज्ने पनि उत्तिकै छन् । उनी नेपाली मिडियाका मात्र होइनन्, क्रिकेटमा रुचि राख्ने सबै देशका मिडियाका लागि प्रिय र चर्चा गर्न योग्य पात्र हुन् । सन्दीप नेपाली खेलकुदमै सर्वााधिक पछ्याइएका खेलाडीमा पर्छन् । फेसबुकमा उनलाई पछ्याउनेको संख्या दुई लाख ५६ हजार छ, इन्स्टाग्राममा एक लाख ३१ हजार, अनि ट्विटरमा एक लाख ४९ हजारको हाराहारीमा छ । 

तेस्रोपटक मनोनयनमा
के सन्दीप मैदानमा जति सफल छन्, त्यत्तिकै मैदानबाहिर पनि धेरैका प्रिय छन् भन्ने चिह्न होइन र मनोनयन ? त्यसैले त सन्दीप पनि परेका छन् । बजाज पल्सर स्पोर्टस्को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका सन्दीपले अन्यलाई चुनौती दिइरहेका छन् । सामाजिक सञ्जाल फेसबुक र एसएमएसमार्फत आएको मतले यस विधाको विजेता चुनिनेछन् । राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ । सन्दीप योसमेत तेस्रोपटक यस विधामा मनोनयनमा परेका हुन् ।

‘म तेस्रोपल्ट यो स्पोर्टस् अवार्डको मनोनयमा परेको छु,’ सन्दीपले भने, ‘मलाई यहा“सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद !’ उनले ट्विटरमा पनि आफ्ना भावना पोखेका छन्, ‘मैले यो अवार्ड जित्नेछु वा छैन, त्यो थाहा छैन । मैले पाएको साथ र मायाका लागि सबैप्रति आभारी छु ।’ सन्दीपले गत वर्ष खेलेका सबैजसो टी–२० फ्रेन्चाइजमा विकेट लिए । नेपालले ऐतिहासिक रूपमा एकदिवसीय र टी–२० सिरिज खेल्दा उनी टोलीका प्रमुख सदस्य थिए । आइसिसी विश्व टी–२० एसियन क्षेत्रीय छनोटमा उनले २४ विकेट लिएका थिए । एकै वर्ष टी–२० क्रिकेटमा ५० विकेट लिने भाग्यमानी केही खेलाडीमा उनी पर्छन् ।