मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार ५ बिहीबार ०९:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

ग्यास सिलिण्डर विष्फोट हुँदा तीन होटल जलेर नष्ट

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ०९:३३:००

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा तीनवटा होटल जलेर पूर्णरुपमा नष्ट भएका छन् । एक होटलमा रहेका ९ वटा ग्यास सिलिण्डर विष्फोट हुँदा तीन होटलमा आगलागी भएको हो । 

बिहीबार विहान ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका-२ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा साना होटल गरी ३ वटा होटल जलेर पूर्णरुपमा नष्ट भएको एसपी शेखर खनालले जानकारी दिए ।

होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ ।  सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको अनुमान छ । विहान करिब ३ बजे सबै मानिसहरु सुतिरहेका थिए । सोहि समयमा एक्कासी  ग्यास सिलिण्डर विस्फोट भएकाे थियाे । त्यसपछि आगोको मुस्लो नै देखिएको थियो ।  

निरन्तररुपमा सोहि स्थलमा राखिएको अन्य ग्यास सिलिण्डर समेत विस्फोट भएका थिए । सोको आवाज अत्याधिक शक्तिशाली रहेको स्थानियले बताएका छन्। घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।  घटनाको अनुसन्धान पछि मात्रै क्षतिको एकिन विवरण आउने एसपी खनालले बताए । आगलागीका कारण मानविय क्षति भएको छैन ।