मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ५ बिहीबार ०९:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

समय नपुगी बच्चा जन्मिएमा के गर्ने ?

Read Time : > 1 मिनेट
२०७६ असार ५ बिहीबार ०९:२२:००

सामान्यतया बच्चा जन्मिने सामान्य समय ३७ देखि ४२ हप्ता हो । यदि ३७ हप्ताभन्दा अघि बच्चा जन्मिएमा बच्चा पूर्ण रूपमा स्वस्थ हुने सम्भावना कम हुन्छ । करिब १० प्रतिशत बच्चा कम समयमै जन्मिने गरेको तथ्यांक छ । 

कम तौल
समयमा जन्मिने बच्चाको औसत तौल दुईदेखि अढाइ केजी हुने गर्छ । तर, समयअगावै जन्मेका बच्चाको योभन्दा कम तौल हुन्छ । उक्त बच्चामा  बाहिरको वातावरणसँग घुलमिल हुन सक्ने क्षमता पूर्ण रूपमा विकास भएको हुँदैन । 
सास फेर्न गाह्रो 
३७ हप्ताभन्दा अघि जन्मिने बच्चाको शारीरिक वृद्धि विकास पूर्ण रूपमा भएको हुँदैन । सामान्यतया ३७ हप्तामा बच्चाको फोक्सो विकसित भइसकेको हुन्छ । कम समयमै जन्मिने बच्चामा फोक्सोको विकास पूर्ण नहुने भएकाले सास फेर्न सक्दैन । अक्सिजन दिइराखेमा कतिपय बच्चामा आँखामा समस्या हुन सक्छ । बच्चाहरू निकै नै संवेदलनशील हुने भएकाले उपचारकै कारण पनि साइड इफेक्ट हुने गर्छ । 

हाइपोथर्मिया
कम तौलको बच्चाले शरीरको तापक्रम सन्तुलनमा राख्न सक्दैन । यसले गर्दा बाहिरको वातावरणमा रहन एकदमै गाह्रो हुन्छ ।  तापक्रम सन्तुलनमा ल्याउन कंगारु मदर केयर अर्थात् आमाको छातीमा टाँसेर राखिन्छ । जसले आमाको शरीरको तापक्रम बच्चामा सर्ने हुँदा तापक्रम ब्यालेन्स हुन्छ ।

 हाइपोग्लायसिया
बच्चामा पाचन प्रक्रियासमेत विकसित भइसकेको हुँदैन । यसले गर्दा शरीरमा मेटाबोलिजमको कमी हुने भएकाले बच्चा बाँच्ने सम्भावना कम हुँदै जान्छ । कलेजोको मेटाबोलिजम पनि कम हुने भएकाले जन्डिसको समस्या हुने गर्छ । 

प्रतिरोधी क्षमतामा कमी
शरीरमा प्रतिरोधी क्षमता एकदमै कम हुने भएकाले छिट्टै प्रभावित हुने गर्छ । उनीहरूमा छिटो संकक्रमण हुने भएकाले कुनै समस्या आए बचाउन निकै गाह्रो पर्छ ।

 कारण 
कतिपय अवस्थामा कम समयमै सुत्केरी हुनुको कारण नै थाहा हुँदैन । केही प्रतिशतमा भने पाठेघर सानो भएर छिट्टै बच्चा जन्मिने गर्छ । पाठेघर सानो हुँदा बच्चा बस्ने ठाँउ नहुने भएकाले समयअगावै जन्मिन्छ । त्यस्तै, पाठेघरमा समस्या तथा दुईटा पाठेघर हुनुजस्ता कारणले समेत बच्चा छिटो जन्मिन्छन् ।  

समाधान
कम समयमै जन्मिएका बच्चाको स्वास्थ्य नाजुक हुने भएकाले अस्पतालमा विशेष हेरचाहमा राख्नुपर्ने हुन्छ । शरीर बाहिरी वातावरणअनुकूल नहुन्जेल चिकित्सकको पूर्ण निगरानीमा राखेर उपचार गर्नुपर्छ । यसरी सामान्य अवस्थामा ल्याउन सकिन्छ ।