१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:२४:००
Read Time : < 1 मिनेट
सप्तरंग

नारीप्रधान फिल्म पाएर दंग कृति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:२४:००

कृति सेननले राहुल ढोलकियाको फिल्ममा काम पाएकी छिन् । राहुल राष्ट्रिय पुरस्कार जित्ने निर्देशक हुन् । उनले फिल्म परजानियाबाट सर्वश्रेष्ठ निर्देशकको अवार्ड जितेका थिए ।राहुलको नयाँ फिल्म नारीप्रधान रहेको बताइएको छ । मुम्बईको एउटा मिडियामा काम गर्ने पत्रकारको कथा रहेको फिल्ममा कृतिले मुख्य भूमिका निर्वाह गर्दै छिन् ।

राहुलको फिल्ममा साइन गरेपछि खुसी देखिएकी कृतिले भनिन्, ‘म यस्तै महिला केन्द्रित कहानी भएको फिल्म पर्खिरहेकी थिएँ ।’ फिल्मको नाम भने सार्वजनिक भएको छैन ।