मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग

प्रदीप खड्कासँग अभिनय गर्ने रहर छ : खुश्बु खड्का

मेरो रहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:०६:००

मलाई स्क्रिन सेयर गर्न मन लागेको नायक प्रदीप खड्का हो । ऊसँग काम गर्ने निक्कै रहर छ । ऊ आफैँले संघर्ष गरेर आएको कलाकार हो । कुनै मान्छेले उसलाई जुरुक्क उचालेर ल्याएको होइन । उसको फिल्म प्रेमगीत हेरेँ । लिलिबिली पनि हेरेँ । ऊ हृदयबाटै अभिनय गर्ने कलाकार हो । एकदम इमानदार मान्छे लाग्छ । इमानदार मान्छे मात्रै यो क्षेत्रमा छिटो ‘ग्रो’ हुन्छन् ।

उसको ‘लुक्स’ पनि गज्जब छ । चकलेटी हिरो हो । उसको खासियत के भने रिलमा जस्तो देखिन्छ, रियल लाइफमा पनि त्यस्तै देखिन्छ । मैले ऊसँग काम गर्न पाएँ भने धेरै कुरा सिक्छु जस्तो लाग्छ । ऊ खड्का काजी हो । आफ्नो परिवारको नाम राख्यो । नाम कमायो । त्यही भएर पनि ऊसँग स्क्रिन सेयर गर्न मन लाग्छ ।