१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग

पतिसँग जापानमा छुट्टी मनाउँदै सोनम : तत्काल जापान छाड्न फ्यानको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०८:०६:००

बलिउड अभिनेत्री सोनम कपुर आनन्द आहुजासँग छुट्टी मनाइरहेकी छिन् । यद्यपि, उनले सोसल मिडियामा आफ्ना फ्यानका लागि तस्बिर सेयर गर्न भुलेकी छैनन् । सोनमका केही फोटो सोसल मिडियामा भाइरल भइराखेका छन् । यद्यपि, केही फ्यानले भने सोनमको जापान भ्रमणप्रति चिन्ता व्यक्त गरिरहेका छन् । कारण, जापानमा हालै ६.४ रेक्टर स्केलको भूकम्प गएको छ । यसमा करिब १६ मानिस घाइते भए ।

भूकम्पपछि सुनामी आउने चेतावनी आएको छ । त्यसैले, कमेन्ट गर्ने अधिकांश फ्यानले सोनमलाई चाँडै जापान छोड्न आग्रह गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘तपाईंहरू यो समय कहाँ हुनुहुन्छ ? कृपया आफ्नो ख्याल राख्नु !’