मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अध्यक्ष, नीलहिरा समाज
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०७:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग

मलाई पाँच हिरो मन पर्छ : शितल पिंकी गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ५ बिहीबार ०७:५४:००

अनमोल केसी
नयाँ पुस्ताका हिरोमध्ये अनमोल मन पर्छ । उहाँको होस्टेलबाहेक कुनै पनि फिल्म हेरेको छैन । उहाँसँग एकपटक कार्यक्रममा भेट भएको थियो । त्यसवेला लाग्यो कि उहाँले जसरी आफूलाई प्रस्तुत गर्नुहुन्छ त्यो खुबी कमैमा हुन्छ । हरेक कुराले हिरो हुन योग्य हुनुहुन्छ । 
शिव श्रेष्ठ
मलाई पुरानो हिरोमा मन पर्ने शिव श्रेष्ठ हो । उहाँको अभिनय चटपटे छ । राम्रो डान्स गर्नुहुन्छ । उहाँका सपना, साइतलगायत फिल्म हेरेको छु । 
सरोज खनाल
उहाँको चाहिँ अभिनय मन पर्छ । उहाँ अभिनीत सिरियल खुब हेरेँ । उहाँका फिल्ममध्ये प्रेमपिण्ड अत्यधिक मन परेको हो । उहाँकै अभिनयका कारण ‘नाइँ नभन्नु ल–२’ हेरेँ ।
भुवन केसी
मलाई उहाँको व्यक्तित्व मन पर्छ । उहाँ फेसन सेन्स भएको हिरो हो । उहाँको जुँगा र कपालको स्टाइल खुब राम्रो छ । जुँगा र कपालको पहिलादेखिकै फ्यान हुँ । 
अनुपविक्रम शाही
उहाँको फिल्म त हेरेको छैन, तर म्युजिक भिडियो र फिल्मी गीत हेरेको छु । अन्तर्वार्ता पनि हेरेको छु । उहाँको बोल्ने शैली मन पर्छ । फिल्मको ट्रेलर हेर्दा हिरो र भिलेन दुवै रोलमा गज्जब जम्नुहुन्छ जस्तो लाग्छ ।