मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ५ बिहीबार ०७:४२:००
Read Time : > 2 मिनेट
सप्तरंग

बाटो हिँड्दा पनि गुण्डा ठान्छन् : रवि गिरी

भिलेन संवाद

Read Time : > 2 मिनेट
२०७६ असार ५ बिहीबार ०७:४२:००

कति फिल्ममा भिलेन हुनुभयो ?
यो क्षेत्रमा लागेको ३७ वर्ष भयो । जीवनको आधा उमेर यसैमा बिताइसकेको छु । कतिमा भिलेन भएँ ठ्याक्कै भन्न सक्दिनँ । अहिलेसम्म दुई सय ५० भन्दा बढी फिल्ममा अभिनय गरिसकेको छु । टेलिफिल्म एपिसोडको हिसाबले हेर्ने हो भने हजारौँ छन् । सिंगो टेलिफिल्म गन्दा पनि तीन–चार सय छन् । सबैमा भिलेन छैनन् । अधिकांशमा भने नकारात्मक रोल नै छ ।

दर्शकले त तपाईंलाई बाटोमा हिँड्दा पनि गुण्डै ठान्छन् होला, हैन ? 
ओहो, त्यस्तो त कति हुन्छ कति । ‘करिअर’ सुरु नै मैले भयंकर गुण्डाको रोलबाट गरेँ । त्यसको १५–२० वर्ष त मलाई बाटोमा हिँड्नै गाह्रो भयो । अझ गाउँतिर जाँदा त मान्छे टाढैबाट डराउँथे । ‘ऊ गुण्डा आयो भाग भाग’ भनेर भाग्थे । यस्तो हुँदा एकदमै नरमाइलो लाग्दो रहेछ ।

‘करिअर’ सुरु नै मैले भयंकर गुण्डाको रोलबाट गरेँ । त्यसको १५–२० वर्ष त मलाई बाटोमा हिँड्नै गाह्रो भयो । अझ गाउँतिर जाँदा त मान्छे टाढैबाट डराउँथे । ‘ऊ गुण्डा आयो भाग–भाग’ भनेर भाग्थे । यस्तो हुँदा एकदमै नरमाइलो लाग्दो रहेछ ।

वास्तविक जीवनमा कसैलाई गाली गर्नुभएको या पिट्नुभएको छ ?
त्यस्तो कहिल्यै पनि गरेको छैन । मेरो स्वर नै ठूलो भएका कारण कहिलेकाहीँ गाली गरेको जस्तो पनि सुनिन्छ, त्यो फरक कुरा हो । तर, म त्यसो गर्नै सक्तिनँ ।

फिल्ममा भिलेन बन्नु तपाईंको रुचि कि निर्माताको प्रस्ताव हो ? 
मेरो रुचि होइन । म त एउटा कलाकार हुँ, एउटा माटो न हुँ । मलाई घ्याम्पो बनाउने कि, गमला बनाउने कि, करुवा बनाउने, जे बनाए पनि डाइरेक्टरले बनाउने हो । तर, धेरैजसोले मलाई भिलेन नै बनाउँछन् । बनाएपछि त खेल्नै पर्छ । 

‘स्क्रिन’मा एकदम कठोर देखिनुहुन्छ । वास्तविक जीवनमा पनि त्यस्तै हुनुहुन्छ ? 
वास्तविक जीवनमा म कस्तो छु भनेर मैले नै कसरी भनूँ ? म आर्मी अफिसरको छोरा हुँ । हप्ताको सातै दिन मासु पाक्ने घरमा जन्मेर पनि मैले अहिलेसम्म मासु खाएको छैन । साथीहरूसँग एउटै टेबुलमा बस्दा उनीहरू मदिरा पिउँछन्, म जुस पिउँछु । चुरोट झनै खान्नँ । मलाई मान्छेहरूको प्रेम र स्नेह भए पुग्छ । नक्कली रक्सी र नक्कली मासु त फिल्ममा खुब खाएँ । अर्काको घर खुब बिगारेँ । वास्तविक जीवनमा ती चिजको नसा कहिल्यै लागेन मलाई । कहिल्यै त्यस्तो उपद्रो गरिनँ ।

हप्ताको सातै दिन मासु पाक्ने घरमा जन्मेर पनि मैले अहिलेसम्म मासु खाएको छैन । साथीहरूसँग एउटै टेबुलमा बस्दा उनीहरू मदिरा पिउँछन्, म जुस पिउँछु । चुरोट झनै खान्नँ । फिल्ममा भने नक्कली रक्सी र नक्कली मासु खान्छु ।

तपाईंका  नकारात्मक भूमिका हेरेर परिवारको प्रतिक्रिया कस्तो आउँछ ?
सुरुमा त मेरी श्रीमती मलाई एकोहोरो हेर्थिन् । मेरो दिनचर्या हेर्थिन् र ‘भन्थिन् हजुरले कसरी निभाइसिन्छ है त्यस्तो 
रोल ?’ तर, पछि परिवारले पनि मेरो भूमिका बुझ्न थाले । त्यो मैले गरेको अभिनय मात्रै हो भन्ने सोच्न थाले । त्यसपछि उनीहरूको प्रतिक्रिया सकारात्मक हुँदै आयो । 

यस्तो असल मान्छे हुनुहुन्छ । फिल्ममा सकारात्मक भूमिका गर्नुभएन ? 
मैले अभिनय गरेका लगभग दुई सय ५० फिल्ममध्ये करिब ४० वटा जतिमा सकारात्मक भूमिका निभाएको छु । तर, भिलेनकै भूमिका हाबी भएपछि मेरा सकारात्मक भूमिका छायाँमा परे । नकारात्मक भूमिकाले नै दर्शकले चिने । 

सकारात्मक र नकारात्मकमध्ये कुन भूमिकाले बढी सन्तुष्टि मिल्छ ? 
सन्तुष्टि त सकारात्मक भूमिका गर्दा नै हुन्छ । गर्न गाह्रोचाहिँ नकारात्मक भूमिका हो । किनभने जीवनमा आफूले कहिल्यै नकारात्मक काम गरिएन । अनुभव नभएपछि त्यस्तो भूमिका गर्न गाह्रो हुँदो रहेछ । 

तपाईंले गर्नुभएको अभिनयमध्ये सबैभन्दा मन परेको पात्र कुन हो ?
फिल्म नै धेरै खेलेँ । एउटा होइन १२–१५ वटा मन परेका छन् । एउटा छान्न गाह्रो छ । पछिल्लो समयको कुरा गर्दा ‘सेतो बाघ’मा मैले निभाएको भूमिका एकदम मन पर्छ ।‘अपवाद’मा मैले गरेको भूमिका पनि असाध्यै मन परेको हो । सम्झिनुपर्छ, अरू धेरै छन् ।