मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार ५ बिहीबार ०७:२३:००
Read Time : < 1 मिनेट
विश्व

‘चीन–उत्तर कोरिया  सम्बन्ध नयाँ युगमा’

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ०७:२३:००

चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का महासचिव सी जिनपिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् । उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित राष्ट्रपति सीको लेखमा सो विचार व्यक्त गरिएको छ । 

राष्ट्रपति सीको लेखलाई कोरियाली भाषामा अनुवाद गरेर लेखेको जनाइएको छ । राष्ट्रपति सीको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन सो लेख प्रकाशित भएको हो । राष्ट्रपति सी बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्दै छन् । 

लेखमा राष्ट्रपति सीले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने धारणा राखेका छन् । उत्तर कोरियाली र चिनियाँ सञ्चार माध्यमले चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणको समाचारलाई विशेष जोड दिँदै आएका छन् । उनले दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउनसमेत आह्वान गरेका छन् । राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धले दुवै देशको अतिरिक्त क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ हुने आशा व्यक्त गरेका छन् । 

सीको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रूपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि यहाँका सञ्चार माध्यमले जनाएका छन् । यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाइँदै छ ।