मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ५ बिहीबार ०७:१९:००
Read Time : < 1 मिनेट
विश्व

दक्षिणले उत्तर कोरियालाई ५० हजार टन चामल दिने

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ०७:१९:००

दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिण कोरियाली एकीकरण मन्त्रालयले जनाएको छ । दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण मन्त्रालयका मन्त्री किम ऐअन चुलले एक पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । 

विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मार्फत उत्तर कोरियालाई सो चामल प्रदान गरिने किमले बताए । किमका अनुसार सरकारले दुई महिनाभित्र सो परिणामको चामल उत्तर कोरियालाई हस्तान्तरण गर्ने डब्ल्युएफपीले जनाएको छ । यसै महिनाको सुरुमा दक्षिण कोरियाले डब्ल्युएफपी र युनिसेफमार्फत उत्तर कोरियालाई ८० लाख अमेरिकी डलरबराबरको रकम अनुदान दिएको थियो ।