मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका कीर्तिपुर
२०७६ असार ५ बिहीबार ०७:०५:००
Read Time : < 1 मिनेट
समाचार

चम्पादेवी डाँडामा केबलकारको सम्भाव्यता अध्ययन हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका कीर्तिपुर
२०७६ असार ५ बिहीबार ०७:०५:००

पुष्पलाल पार्कदेखि चम्पादेवीडाँडा केबलकारको सम्भाव्यता अध्ययन हुने भएको छ । कीर्तिपुर नगरपालिकाले सम्भाव्यता अध्ययन गर्न अरनिको डिजाइनर्स एन्ड प्लानर्स प्राइभेट लिमिटेडलाई छनोट गरेको छ । परामर्शकर्ता कम्पनीले निःशुल्क सम्भाव्यता गर्नेछ ।तीन महिनाभित्र अध्ययन पूरा हुने नगरपालिकाले जनाएको छ । अध्ययनको आधारमा  केबलकार सञ्चालनको टुंगो लाग्ने उपमेयर एवं नगरपालिकाकी प्रवक्ता सरस्वती खड्काले बताइन् । 

सम्भाव्यता अध्ययनका लागि नगरपालिकाले १ जेठमा प्राविधिक प्रस्ताव आह्वान गरेको थियो । १५ दिनेको अवधिमा ६ वटा कम्पनीले इच्छा देखाएका थिए । पर्यटन क्षेत्र प्रवद्र्धन गर्ने उद्देश्यले केबलकारको सम्भाव्यता अध्ययन सुरु गर्न लागिएको खड्काले बताइन् ।

‘चम्पादेवी डाँडा पर्यटकीय हिसाबले महत्वपूर्ण ठाँउ हो । यदि सम्भाव्यता देखिएमा पाँचवटा स्थानीय सरकार, प्रदेश सरकार र स्थानीय जनताको लगानीमा केबलकार सञ्चालनमा आउँछ’ उनले भनिन् । चम्पादेवी डाँडा चन्द्रागिरि नगरपालिका, दक्षिणकाली नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र कीर्तिपुर नगरपालिकाको सीमामा पर्छ ।