Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ असार ५ बिहीबार ०७:१०:००
Read Time : < 1 मिनेट
विश्व

अस्पतालमा गोली चल्यो, पाँचको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ असार ५ बिहीबार ०७:१०:००

पाकिस्तानको पूर्वी प्रान्त पन्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको गोली हानाहानमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । पन्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा दुई समूहबीच गोली हानाहान भएको हो । गोली लागेर अन्य केही घाइते भएका छन् ।

सोमबार राति जिल्ला अस्पतालमा दुई समूहबीचको विवाद चुलिएपछि एक–अर्कालाई गोली प्रहार गरेका थिए । आक्रमणपछि चारजनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।