Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
विजय कार्की ललितपुर
२०७६ असार ५ बिहीबार ०६:४५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कलंकी–महाराजगन्ज सडक विस्तारको डिपिआर दशैँअघि सकिने

सडकको मध्यभागबाट दायाँबायाँ ३१ मिटरसम्मका संरचना हटाउन निर्देशन

Read Time : > 1 मिनेट
विजय कार्की ललितपुर
२०७६ असार ५ बिहीबार ०६:४५:००

आठ दशमलव दुई किलोमिटर कलंकी–महाराजगन्ज चक्रपथ विस्तार परियोजनाको डिपिआर आगामी दसैँअघि नै सकिने भएको छ । काठमाडौं चक्रपथ सुधार योजनाले डिपिआरको काम जारी रहेको जनाउँदै सडकको मध्यभागबाट दायाँबकायाँ ३१ मिटरभित्रका भौतिक संरचना हटाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । गत मंगलबार सूचना निकालेर १५ दिनभित्र संरचना हटाउन आग्रह गरेको बताउँदै आयोजनाका प्रमुख अमृतमणि रिमालले सूचनाअनुरूप संरचना नभत्काए स्थानीय निकायसँग समन्वय गरेर भत्काइने जानकारी दिए ।

वन विभाग, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, खानेपानी लिमिटेडलगायतलाई पत्राचारसमेत गरिएको उनले जनाए । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सडक विस्तार हुन लागेको हो । प्रधानमन्त्री केपी ओली ०७२ मा चीन भ्रमणमा गएका वेला पूरै चक्रपथ विस्तारको सहमति भएको थियो । चीन सरकारले नै ०२७ मा चार लेनको चक्रपथ सडक निर्माण गरेको हो ।

डिपिआरको काम जारी 
विस्तारको डिपिआरको काम भइरहेको योजनाले जनाएको छ । ‘डिपिआरको काम आगामी दशैँअघि सकिनेछ’ रिमालले भने  ‘सन् २०२० बाट निर्माण काम सुरु भई तीन वर्षमा सक्ने लक्ष्य छ ।’ आकाशे पुल, जेब्राक्रसिङ, ट्राफिक लाइटसमेत निर्माण गरिने रिमालले बताए । चिनियाँ प्राविधिकले सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारी चीन सरकारले स्वीकृतिसमेत दिइसकेको छ । 

ग्रिन डिभाइडर राखिने
चीन सरकारले नै निर्माण गरेको कोटेश्वर–कलंकी आठ लेनको चक्रपथमा डिभाइडर छैन । तर, कलंकी–महाराजगन्ज सडक खण्डमा भने ग्रिन डिभाइडरसमेत राखिने भएको छ । 
विपरीत दिशाबाट आएको सवारी साधनको प्रकाश ग्रिन डिभाइडरका कारण चालकको आँखामा नपर्ने भएकाले दुर्घटना कम हुने काठमाडौं चक्रपथ सुधार योजनाको तर्क छ ।

 १९ सय रूख काटिने
सडक विस्तारको क्रममा १९ सय एकवटा रूख काट्नुपर्ने भएको छ । रूख काट्न वन विभागलाई पत्राचार गरिएको सडक विभागअन्तर्गत वैदेशिक समन्वय महाशाखाका उपनिर्देशक अर्जुनजंग थापाले बताए । उनले भने ‘सडक विस्तारको पूर्व तयारीस्वरूप १९ सय एक रुख काट्न वन विभागलाई पत्राचार गरेका छौँ ।’