मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ५ बिहीबार ०६:३४:००
Read Time : < 1 मिनेट
समाचार

सिंगापुरका पानीजहाजमा जागिर दिने भन्दै तीन सय युवाबाट ६ करोड ठगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ५ बिहीबार ०६:३४:००

सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको जागिर लगाइदिने भनेर तीन सय युवाबाट करिब ६ करोड उठाएको प्रारम्भिक अनुसन्धानबाट देखियो । बाँकी तथ्य अनुसन्धानबाट सार्वजनिक हुँदै जानेछ,’ एसएसपी थापाले भने । 

प्रहरीका अनुसार उनले युवा संकलन गर्न विशालनगरमा चार वर्षदेखि अप्रेन्टिस फर्म प्रालि खोलेका थिए । प्रतिमहिना ६ सय ५० डलर तलब दिने काममा पठाउने र त्यसका लागि जहाजमै तालिम लिनुपर्ने भन्दै अग्रिम दुई लाख लिन्थे । भारतीय जहाजका क्रु मेम्बरलाई तालिम दिने कम्पनीसँग सम्झौता समेत गरेका थिए । सिंगापुर जान तयार भएका युवालाई उनी त्यहीँ लैजान्थे । यसरी ठगिएका  ५८ जना सम्पर्कमा आइसकेको अनुसन्धानमा खटिएका महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए ।