मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार ४ बुधबार २०:५५:००
Read Time : > 1 मिनेट
समाचार

गैर कानुनीरुपमा विदेश पठाउन खोज्ने दुई भारतीय नगरिकसहित तीन पक्राउ

Read Time : > 1 मिनेट
२०७६ असार ४ बुधबार २०:५५:००

गैर कानुनी ढङगबाट विदेश पठाइदिन्छु भन्दै फारम भराउने दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । बेरोजगार युवाहरुलाई फारम भराइरहेकै बेला महेन्द्रनगरको ओपेरा होटेलबाट दुई भारतीय नागरिक र एक नेपाली पक्राउ परेका हुन् । 

बुधबार कञ्चनपुरका युवाहरुलाई वैदेशिक रोजगारीका लागि मरिसस पठाइदिने भन्दै उनीहरुबाट समान्य विवरण भएको फारम र अन्तरवार्ता लिने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी ज्ञान बहादुर विष्टले श्रम मन्त्रालयबाट श्रम स्वीकृत नलिएरै बैदेशिक रोजगारीका लागि अन्तरवार्ता र फारम लिने काम गैर कानुनी भएकाले नियन्त्रणमा लिएको बताए । 

विष्टले भारतको दिल्लीका राजेश ढाका, राज कुमार विनायक र भीमदत्त नगरपालिका ५ सुकासालका सन्तोष आउजीलाई नियन्त्रणमा लिएको बताए । प्रवक्ता विष्टका अनुसार उनीहरुले संकलन गरेका ४० फारम समेत नियन्त्रणमा लिइएको छ । तीनै जनाले मरिसिस सपिङ्ग एण्ड लजिष्टक कम्पनीको लेटर प्याडमा समान्य विवरण सहित फारम भर्ने लगाएका थिए । फारम भर्न आएका युवाहरुले रोजगारीका लागि प्रलोभन देखाएको बताएका छन् । उनीहरुका अनुसार नेपालमा मरिसस देशको दुतावास नभएकाले भारतमा स्वास्थ्य परीक्षण गर्ने बताएका छन् । 

‘स्वास्थ्य परिक्षणका लागि पाँच हजार ५ सय भारु रुपैयाँ तिर्नुपर्ने बताइएको थियो,’ फारम भरेका ति युवककले भने, ‘स्वास्थ्य परीक्षणमा पास भएमात्रै भिसा लाग्ने भनिएको थियो ।’ वैदेशिक रोजगारीका लागि भारतीय मार्ग र भारतमा स्वास्थ्य परीक्षण गराएर नेपालबाटै मरिसस देश पठाउनु गैर कानुनी भएको भन्दै स्वयम् फारम भरेका युवा समेत शसंकित थिए । रोजगारीको प्रलोभन देखाएका कारण फारम भरेको उनीहरुले बताएका छन् । 

कञ्चनपुरका प्रहरी प्रवक्ता विष्टले कम्पनीबाट भन्दा पनि व्यक्ति मार्फत फारम भरेको बताएका छन् । पक्राउ परेका तीनै जना जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा छन् । ‘कसैले ठग्यो भनेर उजुरी दिएका छैनन्,’ प्रवक्ता विष्टले भने, ‘ठगिनबाट धेरै युवक जोगिए ।’ तीनै जनाको विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।