१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
निरञ्जन मैनाली काठमाडाैं
२०७६ जेठ ३१ शुक्रबार १३:४२:००
Read Time : < 1 मिनेट
ब्लग

विधेयकमाथिको विवाद

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली काठमाडाैं
२०७६ जेठ ३१ शुक्रबार १३:४२:००

विगतमा कतिपय टाठाबाठाले सामन्ती शासक वर्गको आडमा गाउँका गाउँ हडपेर आफ्नो नाममा गराए । यसै क्रममा तराईका कतिपय जिल्लाका गरिब किसानको जग्गा–जमिन गुठीका रूपमा कायम गराइयो । दाङलगायत जिल्लामा यो समस्या बिकराल रूपमा रहेको छ । 

यसैबीच सरकारले यही गुठी समस्याबारे समाधान खोज्ने उद्देश्यले गुठीसम्बन्धी नयाँ विधेयक संसद्मा दर्ता गरेको थियो । सरकारले ल्याएको यो विधेयक कतिपय स्थानका लागि सकारात्मक थियो । काठमाडौंलगायत कतिपय स्थानमा भने गुठीको व्यवस्थापन राम्रैसँग भइरहेको पनि छ । त्यसैले यो विधेयकले उठाएका अधिकांश विषय सकारात्मक थिए । तर, चौतर्फी विरोध सुरु भएपछि त्यसलाई झेल्न नसकेर सरकारले गुठीसम्बन्धी विधेयक फिर्ता लिएको छ । सरकारले विधेयक फिर्ता लिएपछि हामी राजधानीबाहिरका गरिब जनता निराश भएका छौँ ।
 
निरञ्जन मैनाली, कोल्हवी, नगरपालिका, बारा
हाल : जोरपाटी, काठमाडौं