तस्बिर : अमुल थापा/संजित परियार
राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकको चौतर्फी विरोध भएपछि मंगलबार विधेयक फिर्ता लिएको घाेषणा भएको थियो । भूमिव्यवस्थामन्त्री पद्या अर्यालले सरोकारवालासँगको छलफलपछि मात्र यसलाई अघि बढाउनुपर्ने भन्दै विधेयक फिर्ता लिएको घाेषणा गरेकी हुन् ।
तर, गुठी पक्षधरहरुले पुनः सरकारले विधेयक अघि बढाउन सक्ने भन्दै खबरदारीका लागि विधेयक फिर्ता होइन खारेज हुनुपर्छ भन्दै बुधबार राजधानीका विभिन्न स्थानबाट र्याली निकालेका छन् ।
काठमाडौंको विभिन्न स्थानबाट निस्किएको र्याली माइतीघर मण्डलामा आयोजित खबरदारीसभामा गएर मिसिएको छ ।
खबरदारीसभा हुनु अघि ‘हाम्रो संस्कृति कसैको दाइजो होइन’, ‘सम्पदा मास्न पाइँदैन’लगायतका प्लेकार्ड प्रदर्शनकारीहरुले बोकेका थिए ।