मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार

सामाजिक सञ्जालबाट ठगी गर्ने दुई पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १६ सोमबार १२:३८:००

सामाजिक सञ्जालको माध्यमबाट ठगि गर्ने एक विदेशी सहित दुई जनालाई पेप्सीकोलाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लुटार ६ की ३२ वर्षीया कुसुम कायस्थ र आइभरी कोस्टका नागरिक ३२ वर्षीय ओटारा अलाकाग्नी रहेका छन् । 


फेसबुक, ह्वाटस् एप, भाइबर, इमोलगायतका सामाजिक सञ्जालबाट ८ जनालाई ठगिगरेको आरोपमा उनीहरुलाई प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनीहरुले सामाजिक सञ्जालका साथै भारतीय मोबाइल नम्बरबाट सम्पर्क गरी ‘तपाइको नाममा पार्सल आएको छ, पार्सल लिन नेपालका विभिन्न बैंकमार्फत चार्ज तिर्नुपर्छ’ भन्दै प्रलोभन देखाउने गरेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुले विभिन्न व्यक्ति मार्फत १४ लाख ३४ हजार ९ सय ७२ रुपैयाँ ठडी गरेको प्रहरीले जनाएको छ ।


उनीहरु दुबैजना श्रीमान श्रीमतीको रुपमा पेप्सीकोलामा फ्ल्याट भाडामा लिई बस्दै आएका थिए । उनीहरुलाई ठगी मुद्दा अन्तरगत अनुसन्धान जारी गरेको प्रहरीले जनाएको छ ।