मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७६ असार ४ बुधबार ११:२५:००
Read Time : < 1 मिनेट
प्रदेश

पौडी खेल्दा डुबेर तीनको मृत्यु 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल कपिलवस्तु
२०७६ असार ४ बुधबार ११:२५:००

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ स्थित सुरही नदीमा पौडी खेल्ने क्रममा तीनजना युवाको डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो करिब २ बजे गर्मी छल्न पौडी खेल्न नदीमा गएका युवाको डुबेर मृत्यु भएको हो ।  वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार विजयनगर गाउँपालिका–६ प्रेमनगर बस्ने गौरा भट्टराईका छोरा आशीष भट्टराई, कमला भुसालका छोरा नीराजन भुसाल, माया सुनारका छोरा सुमित सुनारको डुबेर मृत्यु भएको हो । 

सुरही नदीमा पुगेका चार युवामध्ये एकजना पौडी नखेली बाहिर बसेका थिए । अन्य तीनजना पौडी खेल्दा नदीको गहिराइमा पुगी डुबेर मृत्यु भएकोे हो । मृतक तीनमध्ये दुईजनाले एसइई परीक्षा दिएर बसेको र एकजना केही दिनअघि भारतबाट नेपाल आएका थिए । घटनाको थप अनुसन्धान भइरहेको कपिलवस्तु  प्रहरीले जनाएको छ ।
३० वर्षीय मनोज मृत फेला
कपिलवस्तुको वाणगंगा नगरपालिका– ९ भलवाडको पडेरिया गाउँमा स्थानीय अन्दाजी ३० वर्षका मनोज महत गाउँकै मकैबारीमा मृत अवस्थामा फेला परेका छन् । स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पिपराले अनुसन्धान सुरु गरेको छ । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पताल पठाइएको छ ।