मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ४ बुधबार १०:४०:००
Read Time : < 1 मिनेट
नयाँCity

मलाई मुस्ताङ र पोखरा मनपर्छ : पूजा शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ४ बुधबार १०:४०:००

सबैभन्दा मनपर्ने ठाउँ उपल्लो मुस्ताङ हो । यो ठाउँको वरपर देखिने दृश्य एकदमै रमाइलो लाग्छ । यो मेरो ‘लक्की’ ठाउँ हो । त्यहाँ सुटिङ भएका मेरा फिल्म र गीत चर्चित भए । सुटिङबाहेक घुम्नका लागि पनि धेरैपटक गएकी छु । अहिलेसम्म पाँचपटक पुगिसकेकी छु । लामो समयको फुर्सद भयो भने गइहाल्न मन लाग्छ । तर, जान मन लागेका वेला गइहाल्नचाहिँ सकेको छैन । 

अर्को मनपर्ने ठाउँ पोखरा हो । त्यहाँको प्राकृतिक सुन्दरता त विशेष छ नै हावापानी पनि मन पर्छ । बिदा मनाउनका लागि एकदम उपयुक्त ठाउँ हो । म रिफ्रेस हुन त्यहाँ गइरहन्छु । नजिकै पनि छ । दुई दिनको समय लिएर जाँदा फ्रेस अनुभव हुन्छ । पानी परिरहने भएकाले शीतल हुन्छ । गर्मी भइहाले पनि लामो समय टिक्दैन । प्राकृतिक रूपमा सुन्दर, सफा भएकाले पनि यो ठाउँ मन पर्छ ।