मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ पौष १६ सोमबार १२:३६:००
Read Time : < 1 मिनेट
समाचार

बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको 'ह्याट्रिक', विपक्षीद्वारा पुन: निर्वाचनको माग

Read Time : < 1 मिनेट
२०७५ पौष १६ सोमबार १२:३६:००

बंगलादेशमा आइतबार सम्पन्न भएको आमनिर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगले लगातार तेस्रोपटक जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ । भारी बहुमतसहितको जित हासिल गरेसँगै प्रधानमन्त्री शेख हसिना पुनस् प्रधानमन्त्री हुने भएकी छिन् ।

सत्तारुढ पार्टी आवामी लीगले संसदको ३५० मध्ये २८१ सिट जितेको बीबीसीमा उल्लेख छ । शेख हसिना सन् २००९ देखि बंगलादेशकी प्रधानमन्त्री रहेकी छिन् ।  

विपक्षी दलद्वारा पुन: निर्वाचनको माग 
प्रमुख प्रतिपक्षी दल बंगलादेश नेशनल पार्टी (बीएनपी)ले भने चुनावमा सरकारले धाँधली गरेको भन्दै पुन: निर्वाचनको माग गरेको छ । विपक्षी दल बीएनपीले निर्वाचनको परिणामलाई हास्यास्पद भएको भन्दै धाँधलीको आरोप लगाएको छ ।

बीएनपीले सात सिट मात्र जितेको छ । बीएनपीका नेता कमल हुसेनले ‘हास्यास्पद’ नतिजालाई आफूहरुले मान्यता नदिने बताएका छन् । उनले छिटो भन्दा छिटो निष्पक्ष रुपमा पुन निर्वाचन गर्न माग गरेका छन् । आइतबार भएको निर्वाचनमा सत्तारुढ दल र विपक्षी दलबीचको झडपमा १७ जनाको ज्यान गएको थियो ।