१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार ४ बुधबार ०६:१८:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसीका सेवाग्राहीलाई एपोलो हस्पिटलमा छुट

Read Time : < 1 मिनेट
२०७६ असार ४ बुधबार ०६:१८:००

एनआइसी एसिया बैंक लिमिटेडका सेवाग्राहीले नयाँदिल्लीको एपोलो हस्पिटलको उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच सहकार्य भएसँगै सेवाग्राहीले छुट पाउने भएका हुन् । सहमतिसँगै बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डबाहकलगायत बैंकका सम्पूर्ण ग्राहकले एपोलो हस्पिटलमा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउनेछन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र एपोलो हस्पिटलका उपमहाप्रबन्धक अजय भारद्वाजले सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हाल बैंकले २८४ शाखा कार्यालय, २९४ एटिएम, ४५ एक्सटेन्सन काउन्टर एवं ३२ शाखारहित बैंकिङ एकाइमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।