मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार ४ बुधबार ०८:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग

चर्चामा जान्भी कपुरको ‘बेली डान्स’ 

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार ४ बुधबार ०८:४९:००

धडक फिल्मकी अभिनेत्री जान्भी कपुरको बेली डान्स यतिखेर सामाजिक सन्जालमा भाइरल बनेको छ । सिनेकर्मी शशांक खेतानको ‘डीडीटुच्यालेन्ज’ (डान्स दिवाने च्यालेन्ज) को थिम गीतमा जान्भीले बेली डान्स गरेकी हुन् । 

कलर्स टिभीबाट प्रशारित हुने रियालिटी शोका लागि बनाइएको गीतमा गुलावी टिसर्ट र सेतो हाफ पाइन्ट पहिरेकी जान्भीको बेली डान्सको भिडियो अहिले सामाजिक सन्जालमा धेरै हेरिनेमा परेको छ । एक समयकी चर्चित अभिनेत्री माधुरी दीक्षित र कोरियोग्राफर तुसार कलाईसँगै जान्भी जजका रुपमा उक्त रियालिटी शोको हिस्सा बन्ने छिन् ।