१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ असार ४ बुधबार ०८:४७:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
२०७६ असार ४ बुधबार ०८:४७:००

मलद्वारवरिपरिका रक्तनसा विभिन्न कारणले सुुन्निनुलाई पायल्स भएको भनिन्छ । जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड’ भनिन्छ । अधिकांश मानिसमा पायल्ससम्बन्धी समस्या हुने गरेको छ । गोप्य अंगमा हुने हुँदा कतिपयले समयमै यसको उपचार गर्दैनन् । फलस्वरूप पायल्स बल्झिँदै जाने र भविष्यमा झन् जटिल समस्या सिर्जना गर्ने सम्भावना रहन्छ । 

कारण

  •  पायल्स विभिन्न कारणले हुन्छ । दिसा नियमित नहुनु, कब्जियत हुनु वा पखाला लाग्नु ।
  •  खानामा फाइबरको कमी, अत्यधिक रक्सी, मासु, सुर्तीजन्य पदार्थको सेवन ।
  •  बलपूर्वक दिशा गर्ने बानी, बुढ्यौली, गर्भवती र वंशाणुगत कारणले समेत पायल्स हुन्छ । 
  •  लामो समयसम्म उभिइरहनुपर्ने पेसा भएका मानिसमा पनि पायल्स हुने बढी सम्भावना रहन्छ । 

सुरुवाती चरणमै भए दुखाइ कम गर्ने औषधि सेवन, पर्याप्त आराम तथा सिजबाथबाट पायल्स नियन्त्रण गर्न सकिन्छ ।

रोकथाम र उपचार

  •  पायल्सबाट बच्न खानपानमा ध्यान दिनुपर्छ । दिसा पातलो हुने किसिमका खानेकुरा सेवन गरेर पायल्सको समस्याबाट बच्न सकिन्छ । जसका लागि रेसादार खानेकुरा, सागसब्जी खाने तथा प्रशस्त पानी पिउने गर्नुपर्छ । अध्यधिक मात्रामा माछा, मासु र रक्सी सेवन गर्नुहुँदैन । त्यस्तै, धेरैबेरसम्म दिशा रोकेर राख्नुहुँदैन ।
  •  पायल्सका कारण लामो समयसम्म रगत बगेमा रक्तअल्पता हुने सम्भावना रहन्छ । त्यसैले, हेमोग्लोबिनको परीक्षण गरी रक्तअल्पता भए÷नभएको पत्ता लगाउनुपर्छ । कतिपय अवस्थामा कीटाणुको संक्रमण भई घाउ हुन सक्छ । यस्तो अवस्थामा एन्टिबायोटिक औषधिको सेवन गर्न सकिन्छ ।  
  •  सुरुवाती चरणमै भए दुखाइ कम गर्ने औषधि सेवन, पर्याप्त आराम तथा सिजबाथबाट पायल्स नियन्त्रण गर्न सकिन्छ । तर, अन्तिम अवस्थामा पुगिसकेको भए शल्यक्रिया गर्नुपर्ने हुन्छ । 
  •  खानपान, व्यायाम र व्यवहारमा सावधानी नअपनाउने हो भने कतिपय अवस्थामा उपचारपछि पनि पायल्स बल्झिन सक्छ । तसर्थ, आफ्नो जीवनशैलीमा ध्यान दिन जरुरी छ । 
  •  पायल्सको उपचार आयुर्वेद, होमियोप्याथी र एलोप्याथी सबै चिकित्सा पद्धतिद्वारा सम्भव छ । तर, पायल्सको विनाउपचार शल्यक्रिया गर्ने भन्ने खालका हल्ला आउँछन् । यो भने सत्य होइन ।