मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अभया सुब्बा
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ४ बुधबार ०८:०४:००
Read Time : < 1 मिनेट
सप्तरंग

यस्ता गायिका मन पराउँछिन् अभया

म शान्ति ठटालबाट एकदमै प्रभावित छु । उहाँका गीत धेरै सुन्छु । मीठो स्वरकी धनी मात्रै नभएर उहाँ नेपालको पहिलो महिला संगीतकार हुनुहुन्छ ।

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ४ बुधबार ०८:०४:००

रोजाइ

सबैको व्यक्तित्व गायनशैली आफैँमा फरक र सुन्दर हुन्छ । तर, कोही यस्ता गायिका छन्, जो मन र मस्तिष्कमा बस्छन् । म शान्ति ठटालबाट एकदमै प्रभावित छु । उहाँका गीत धेरै सुन्छु । मीठो स्वरकी धनी मात्रै नभएर उहाँ नेपालको पहिलो महिला संगीतकार हुनुहुन्छ । स्टेजअगाडि बसेर उहाँका गीत सुनेकी छु तर, सँगै गाउन पाएकी छैन । मलाई उहाँसँग एउटै स्टेजमा सँगै गाउने ठूलो चाहना छ । मेरो जीवनको एउटा महत्वपूर्ण धोको आदरणीय व्यक्तित्वसँग स्टेज सेयर गर्ने हो ।

 मलाई गायनशैली र व्यक्तित्व दुवै साधारण तर प्रभावशाली लाग्ने अरू तीन गायिका छन् । एउटी आस्था तामाङ मास्के हुन् । उनी स्टाइलिस छिन् । मलाई उनको गायनशैली एवं व्यक्तित्व दुवै दर्शनीय लाग्छ । उनले गाउने शैली पनि अलि फरक छ । नेपाली संगीतमा उनको उपस्थिति एकदम बलियो छ । 

मलाई श्रेया सोताङ पनि स्टाइलिस र प्रभावशाली लाग्छ । ‘वुमन इन कन्सर्ट’ मा हाम्रो भेट भएको थियो । उनको गायकीबाट प्रभावित छु । उनको स्टेज पर्फमेन्स गज्जबको लाग्छ । 
बर्तिका इयम राई मलाई मनपर्ने गायिका हुन् । उनको र मेरो भेट ‘वुमन कन्सर्ट’ को अडिसनमा भएको थियो । त्यहीँबाट प्रभावित भएकी हुँ । उनको गीत फरक टेस्टको हुन्छ । उनको गीत सुन्दा मलाई छुट्टै आनन्द आउँछ ।