
अमेरिकामा भएको विश्व भेटेरिनरी एसोसिएसन–०२५ को महासभामा नेपालले सम्बोधन गरेको छ । उक्त महासभामा नेपाल भेटेरिनरी एसोसिएसनको प्रतिनिधित्व गर्दै पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले सम्बोधन गरेका हुन् ।
जुलाई १८ मा वासिङटन डिसीमा भएको महासभामा डा. श्रेष्ठले सार्क भेटेरिनरी एसोसिएसनको समेत प्रतिनिधित्व गरेका थिए । उनी एसोसिएसनको महासचिवसमेत हुन् ।
सम्बोधन गर्दै डा. श्रेष्ठले नेपालमा पशु चिकित्सकले गरेको योगदानबारे चर्चा गर्दै नेपालमा पशु चिकित्सा क्षेत्रको विकासमा सहयोग गर्न अन्य राष्ट्रहरूसँग सहकार्यका लागि आह्वानसमेत गरेका थिए ।