मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ४ आइतबार
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण ४ आइतबार १६:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षामन्त्रीकै कारण विधेयक पास गर्न ढिलाइ भयो : सुमना श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण ४ आइतबार १६:o३:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पूरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छिन्। 

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अब पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने बताएकी हुन्।

विद्यालय  शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरूलाई सुझाव दिइन् । श्रेष्ठले शिक्षकहरूको अनुहार देखाएर अरू समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन्।

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाइ भएको भन्दै यसमा राजनीतिक दलहरूसमेत गम्भीर हुनुपर्नेमा जोड दिइन्।