मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
Invalid date format १o:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वाइसिएल उदयपुर सार्वजनिक स्थलको सरसफाइमा जुट्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:o५:oo

नेकपा (माओवादी केन्द्र)को सहायक संगठनको रूपमा रहेको योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल, उदयपुर सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको छ । वाइसिएल केन्द्रको केन्द्रीय कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत वाइसिएल उदयपुर सार्वजनिक स्थलहरूको सरसफाइमा जुटेको हो ।
वाइसिएल कोशी प्रदेश सहसचिव तथा उदयपुरका जिल्ला संयोजक ईश्वर पोखरेल (चेतन)ले वाइसिएल केन्द्रको कार्यक्रमअनुसार सार्वजनिक स्थलको सरसफाइ, वृृक्षरोपण तथा श्रमदानका विभिन्न कामहरूमा जोड दिइएको बताए । उनले भने, ‘केन्द्रको अभियान उद्घाटनको क्रममा गाईघाटस्थित थारुटह रंगशालापरिसर सरसफाइ गरेका थियौँ ।’ 

उद्घाटनको दिन उदयपुरको थारुहट रंगशालाको फुटबल खेलमैदानवरिपरिको नाली सफा गर्नुका साथै मैदानमा उम्रेको झार र बुटा कटिङ गरेर सफा गरिएको थियो । त्यसपछि दोस्रो दिन त्रियुगा नगरपालिका– १४ स्थित बैथुमका एलिस्टेसन फलफूलका बिरुवाको वृक्षरोपण तथा सरसफाइ र तेस्रो दिन त्रियुगा–६ कै चुरिया मन्दिर सरसफाइ तथा फूल रोपण गरिएको पोखरेलले जानकारी दिए ।

साउन १ गतेदेखि सुरु भएको दुई महिनासम्म चल्ने वाइसिएलको कार्यक्रम ‘श्रम तथा उत्पादनमा वाइसिएल’ अभियानअन्तर्गत अब उदयपुरका पालिकाहरूमा केन्द्रित हुनेछ । जसमा पालिकाहरूमा श्रम र उत्पादनमा आधारित विभिन्न कार्यक्रम तय गरिएको जानकारी दिइएको छ । ‘पोखरेलले भने, ‘जिल्लाका आठवटै पालिकामा वाइसिएलको कमिटी छ । अब पालिका कमिटीहरूले पालिकामा अनुकूल हुने गरी श्रम र उत्पादनमा जोडिएका कार्यक्रमहरू सुरु गर्नेछन् ।’

उदयपुरमा प्रकृतिजन्य विपत् व्यवस्थापनमा वाइसिएललाई जोड्न वाइसिएल उदयपुरका जिल्ला सचिव ईश्वर साम्पाङको नेतृत्वमा विपत् व्यवस्थापन एसटिएफ गठन भएको पनि पोखरेलको भनाइ छ । यता सरकारी कार्यालयमा हुने ढिलासुस्ती तथा ठगीका विरुद्ध पनि वाइसिएलले निगरानी बढाएको जानकारी दिइएको छ ।