मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३ शनिबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ३ शनिबार १८:४२:oo
Read Time : < 1 मिनेट
समाचार

९ वर्षपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ३ शनिबार १८:४२:oo

नेपाल–भारत गृहसचिवस्तरीय संयन्त्रको बैठक बस्ने भएको छ। आगामी ६ र ७ साउन(जुलाई २२ र २३)मा भारतको राजधानी नयाँदिल्लीमा बैठक बस्न लागेको हो। 

पछिल्लोपटक सन् २०१६ मा बसेयता गृहसचिवस्तरीय बैठक बस्न सकेको थिएन। नेपालको तर्फबाट गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा १२ सदस्यीय टोली सोमबार भारत जाँदै छ। 

टोलीमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलगायत सहभागी हुँदै छन्। 

बैठकमा सीमापार अपराध, लागुऔषध नियन्त्रण, सीमा व्यवस्थापन र सूचना आदान-प्रदानलगायत विषयमा छलफल हुने गृह मन्त्रालयका प्रवक्ता तिवारीले बताए।