मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 20 July, 2025
नयाँ पत्रिका जनकपुरधाम
Invalid date format १६:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format १६:१८:oo

मधेश प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष ०८१/८२ मा लामो चार सय ४२ हेक्टर वनजंगलको जमिन अतिक्रमणकारीबाट छुटाएको जनाएको छ। 

उक्त निर्देशनालयबाट प्राप्त जानकारीअनुसार धनुषामा ३० हेक्टर, सर्लाहीमा एक सय ७५ हेक्टर, सप्तरीमा एक सय ११  हेक्टर, बारामा ५४ हेक्टर, पर्सामा ४५ हेक्टर, रौतहटमा १२ हेक्टर, सिराहामा १० हेक्टर तथा महोत्तरीमा तीन हेक्टर वन क्षेत्रको जमिन फिर्ता लिइएको छ।

निर्देशनालयका निर्देशक जगन्नाथप्रसाद जयसवालले मधेश प्रदेशको आठवटै जिल्लाबाट अहिले पनि १६ हजार पाँच सय ९९ हेक्टर जमिन अतिक्रमणमा परेको जानकारी दिए।

वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले प्रशासनिक संयन्त्रले मात्र वनसम्बन्धी समस्या समाधान गर्न नसक्ने भएकाले राजनीतिक तथा स्थानीय संयन्त्रको समन्वय आवश्यक भएको बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेले वन क्षेत्रलाई अतिक्रमण हुनबाट रोक्न मातहतका कार्यालयललाई कठोर भएर काम गर्न परिपत्र गरिएको तथा पर्याप्त जनशक्ति परिचालन गरेर परिणाम निकाल्ने गरी समन्वयका साथै अनुगमन हुने प्रतिबद्धता व्यक्त गरे ।

हाल देशमा ४५ प्रतिशत भू-भाग वनले ढाकेको भए पनि मधेश प्रदेशमा मात्र तीन दशमलव ७२ प्रतिशत भू-भाग वन क्षेत्रले ढाकेको सो निर्देशनालयले जनाएको छ ।

प्रदेशभरि दुई लाख दुई हजार दुई सय दुई वन क्षेत्र रहे पनि एक सय ३६ स्थानीय तहमध्ये ८९ वटामा वन क्षेत्र नै नभएको बताइएको छ । देशको कूल वन क्षेत्रमध्ये आठ प्रतिशत अतिक्रमणको चपेटामा परेको जनाइएको छ ।