मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३ मंगलबार १०:४०:००
Read Time : < 1 मिनेट
नयाँCity

मन पर्दैन काठमाडौं सहर : कामिरिता शेर्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार ३ मंगलबार १०:४०:००

हामी हिमाल बस्ने जाति । त्यसकारण, हामीलाई हिमाली क्षेत्रमा नै बस्न रमाइलो लाग्छ । तर, ट्रेकिङ एजेन्सी काठमाडौंमा भएकाले यहाँ बस्नुपर्ने बाध्यता छ ।  काठमाडौंमा केही राम्रो छैन । सहर भन्न नै लाजमर्नु छ । बरू पोखरा र भैरहवा निकै राम्रा छन् । पोखरा गएर फर्किँदा त काठमाडौंं साह्रै दिक्कलाग्दो छ । यस्तो अवस्था देखेर सरकारलाई त लाज पनि लाग्दैन होला । 

सबैभन्दा दिक्कलाग्दो यहाँको फोहोर हो । महानगरपालिकाले फोहोर पनि उठाउन सक्तैन । हिमालको स्वच्छ हावाबाट फर्किँदा यहाँ त उकुसमुकुस नै हुन्छ । काठमाडौँवासीले राजस्व तिरेकै छन् । राजस्वमा उठेको त्यत्रो पैसा के गर्छ ? भोलि नाकाबन्दी भयो भने चाइना र इन्डियाबाट सामान नआए भोकै पर्छ, काठमाडौं । त्यो सोच्दैन सरकार । त्यसैले म काठमाडौंमा केही पनि राम्रो देख्दिनँ ।

सबैभन्दा दिक्कलाग्दो यहाँको फोहोर हो । महानगरपालिकाले फोहोर पनि उठाउन सक्तैन । हिमालको स्वच्छ हावाबाट फर्किँदा यहाँ त उकुसमुकुस नै हुन्छ ।

यो देशलाई जगाएको हिमालले हो । हिमाल हाम्रो गर्व हो । विदेशीले चिन्ने नै हिमालका कारण हो । सगरमाथालाई शेर्पाले ‘हाम्रो हिमाल हो, हामीले जोगाउनुपर्छ’ भन्छ । काठमाडौंमा कसैले पनि ‘सगरमाथाले गर्दा नै हामी सबै बाँचेका छौँ’ भन्ने सोच्दैनन् । सरकारले त झनै सोच्दैन । सगरमाथा र शेर्पा छैन भने हाम्रो नेपाल केही पनि रहँदैन । हामी शेर्पाहरू त्यत्तिकै माउन्टेन गाइड भएका होइनौँ । सैनिक लडाइँजस्तो हामी पनि माउन्टेनसँग लडाइँ गर्छौं । सफल भएर फर्किन्छौँ कि फर्किंँदैनौँ भन्ने चिन्तामा हिँड्छौँ । काठमाडौंलाई त्यो चिन्ता छैन ।