मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ असार ३ मंगलबार ०८:५२:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्प र पुटिनबीच भेटवार्ता हुने

Read Time : < 1 मिनेट
२०७६ असार ३ मंगलबार ०८:५२:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच छिट्टै भेटवार्ता हुने भएको छ । आगामी साता जापानको ओसाकामा हुने जी–ट्वान्टी समूह राष्ट्रहरूको शिखर सम्मेलनका क्रममा दुई नेताबीच संक्षिप्त भेटवार्ता हुने भएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी दिएको हो ।

जी–ट्वान्टी समूहको दुईदिने सम्मेलन यही जुन २८ बाट सुरु हुँदै छ । पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘वासिंटनले विस्तृत रूपमा भेटवार्ता र छलफल गर्न ओसाका सम्मेलनमा आवश्यक तयारी नपुगेको जनाएकाले दुई नेताबीच संक्षिप्त भेटवार्ता हुनेछ ।’ 

उनले थपे, ‘ओसाकामा ट्रम्प र पुटिनबीच औपचारिक भेटवार्ता हुने विवरण सार्वजनिक भएका छन्, तर उनीहरूबीच संक्षिप्त भेट मात्र हुनेछ ।’ अमेरिकाले पुटिनसँगको औपचारिक भेटवार्ताका लागि आवश्यक तयारी नपुगेको बताउँदै आएको छ ।  पेस्कोभले भने, ‘ट्रम्प र पुटिनबीच संक्षिप्त भेट जी–२० को अवसरमा भए पनि विस्तृत विचार–विमर्श भने अन्य कुनै अनुकूल समयमा हुनेछ ।’