मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७६ असार ३ मंगलबार ०७:२३:००
Read Time : > 2 मिनेट
सप्तरंग

फिल्म हेरेपछि दौरासुरुवाल फ्यालिदिएँ : उपेन्द्र सुब्बा

सहर झर्दा

Read Time : > 2 मिनेट
नवीन प्यासी काठमाडाैं
२०७६ असार ३ मंगलबार ०७:२३:००

हाम्रो जमानामा ‘फिल्म हेर्नेहरू बिग्रिएका हुन्छन्’ भन्थे । गाउँमा फिल्म हेर्न पाउने कुरा भएन । पाँचथरबाट झापा झर्नुपथ्र्यो । झापा झरेपछि नै पहिलोपटक टिभी हेरेँ । विश्वकप फुटबल हेरेको सम्झना छ । त्यतिवेला म्याराडोना ड्रग्सकाण्डमा फसेको चर्चा थियो । झापामा नै पहिलोपटक फिल्म पनि हेरेँ ।पहिलोपटक झापा झर्दा म १४–१५ वर्षको थिएँ । भर्खर सातबाट आठ कक्षा चढेको थिएँ । झापा किताब किन्न भर्नुपरेको थियो । बाउ र फुपूको छोरासँग गएको थिएँ । बाउ फर्किनुभयो । म तीन महिनाका लागि त्यहीँ बसेँ । 

झापामा बिजुली आएकै थिएन । बिजुली नभए पनि दमकको सितापुरीस्थित एकजना लाहुरेले टिभी ल्याए । ब्ल्याक एन्ड ह्वाइट । त्यही टिभीमा विश्वकप फुटबल हेरियो । खेल राति दुई बजेतिर सुरु हुन्थ्यो । नसुती हेरिन्थ्यो । बस्तीभरिका मान्छे जम्मा हुन्थे । म कोही खेलाडी चिन्दिन थिएँ । अरूले हुटिङ गर्दा म पनि गर्थेँ । चुप बस्दा म पनि चुप बस्थेँ । पछि दमकमा बिजुली आयो । छिमेकी लाहुरेले सोनी कलर टिभी ल्याए । डिस एन्टिना भन्थे । ठूलो न ठूलो छाता थियो । त्यतिखेर टिभीमा चन्द्रकान्ता र शान्ति भन्ने सिरियल तथा रेस्लिङ निकै लोकप्रिय थिए । 

रंगिन टिभी आउनुभन्दा पहिला दमकमा फिल्म हल खुल्यो गुराँस । हल पनि चित्राले बारेको थियो । काठको कुर्सीमा लाइनै लागेर बस्नुपर्ने । भुइँभरि हिलो हुन्थ्यो । कुर्सी हिलोमा भासिन्थ्यो । हत्त न पत्त तानेर मिलाइन्थ्यो । पछि गुराँस हल बन्द भयो । निलकण्ठ सिनेमा हलतिर फिल्म हेर्न थालियो ।  गुराँस हलमा गएर एउटा हिन्दी फिल्म हेरेको थिएँ । फिल्मको नाम बिर्सिएँ । ऋतिक रोशन बच्चाको चरित्रमा थिए । नायकचाहिँ जितेन्द्र थिए जस्तो लाग्छ । टिकटको मूल्य त्यस्तै ४/५ रुपैयाँ थियो । झापामा फुपूको छोरा थिए, दाइहरू । उनीहरूले लिएर जान्थे । 

पछि त फिल्म हेर्ने बानी नै प-यो । ममा राम्रै छाप पनि प-यो । तीन महिना दमक बस्दा ममा ठूलो परिवर्तन आयो । गाउँमा बाउले एउटै कपडाको दौरासुरुवाल, स्टकोट, कोट सिलाइदिन्थे । साथमा टोपी पनि । त्यही कपडा लगाएर झापा झरेको थिएँ । तीन महिनापछि ती सबै कपडा फालिसकेको थिएँ ।मलाई लिन गाउँबाट बाउ नै आउनुभयो । एक्लो छोरो थिएँ । दौरासुरुवाल लाउन मानिन् । रोएर पाइन्ट र सर्ट नै किनाएँ । झापाका साथीभाइले लगाएको ज्याकेट देख्दा लोभ लाग्थ्यो । मैले पनि त्यस्तै ज्याकेट किनाएँ । बाउसँग गाउँ फिरेँ । कपाल पालेको थिएँ । मेरो रूपै अर्कै भयो । गाउँमा त हिरो नै भएँ नि । 

गाउँमा फिल्मको पोस्टर लिएर जाने पहिलो व्यक्ति नै म हुँ । झापा बस्दा धर्मेन्द्र, जितेन्द्र, मिथुन, गोविन्दालगायतलाई चिनेँ । उनीहरूलाई चिन्ने पनि म नै गाउँको पहिलो व्यक्ति थिएँ । हेर्न त फिल्म जम्माजम्मी चार या पाँचवटा हेरेको थिएँ । पोस्टरको पछाडि हिरो–हिरोइनको नाम हुन्थ्यो । त्यही कण्ठ ग-यो, भन्यो । एक वर्ष त गफै दिएर खाएँ । 

गाउँमा फिल्मको पोस्टर लिएर जाने पहिलो व्यक्ति नै म हुँ । झापा बस्दा धर्मेन्द्र, जितेन्द्र, मिथुन, गोविन्दालगायतलाई चिनेँ । उनीहरूलाई चिन्ने पनि म नै गाउँको पहिलो व्यक्ति थिएँ । पोस्टर घरमा लगेर कोठाभरि सजाएँ । कोठा झिलिमिली भयो । हेर्न त फिल्म जम्माजम्मी चार या पाँचवटा हेरेको थिएँ । साथीभाइलाई कहानी भने एक वर्ष नै भने होला । पोस्टरको पछाडि हिरो हिरोइनको नाम हुन्थ्यो । त्यही कण्ठ ग-यो, भन्यो । एक वर्ष त गफै दिएर खाएँ ।

फिल्मको गफ लाउन थालेपछि मेरो स्टाटस फरक भयो । साथीभाइले मलाई पछ्याउन थाले । अनि मेरो सिको गर्ने साथी प्रशस्त निस्किए । धेरै साथीले पाइन्ट, सर्ट लगाउन थाले । मेरो फ्लोअर्स टन्न भए । त्यतिवेला टिभी हेर्दाको असर अहिले खासै छैन । फिल्मले भने मेरो जीवनमा ठूलै परिवर्तन ल्यायो । मलाई स्वप्निल बनायो । लेख्ने मोह, सपना देख्ने चाहना भयो । झापा नझरी गाउँमै बसेको भए त्यो उमेरमा फिल्म हेर्न सम्भव थिएन । फिल्म हेर्न नपाएको भए म अहिलेको स्थितिमा हुने थिइन ।