१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ असार २ सोमबार १३:४९:००
Read Time : < 1 मिनेट
खेलकुद

क्रिकेट ‘कमेन्ट्री बक्स’मा ‘बलिउड स्टार’ रणवीर सिंह

Read Time : < 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ असार २ सोमबार १३:४९:००

पछिल्लो पुस्ताका चर्चित भारतीय अभिनेता रणवीर सिंह यतिखेर चर्चामा छन् । सन् १९८३ मा भारतलाई क्रिकेट विश्वकप जिताउन नेतृत्वदायी भूमिका खेलेका कपिल देवको जीवनीमा आधारित ‘८३’ नामक सिनेमामा मुख्य भूमिकामा देखिन लागेका सिंह यतिखेर लण्डनमा छन् । 
विश्वकप क्रिकेट २०१९ अन्तर्गत भारत र पाकिस्तानबीच आइतबार भएको खेलका दौरान सिंह भारतका पूर्वक्रिकेटरहरु विरेन्द्र सहवाग, हरभजन सिंहलगायतसँगै ‘कमेन्ट्री’ बक्समा पनि देखिए । उनले क्रिकेटरहरुसँग मिलेर केही बेर कमेन्ट्री पनि गरे । 
खेलमा भारत ८९ विजय भएसँगै सिंहको उत्साह थामिएन । उनी कुद्दै मैदानमा ओर्लिए र भारतीय टोलीका कप्तान विराट कोहलीलाई जोडले अँगालो मारे । यो भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ ।