मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ असार २ सोमबार १३:३९:००
Read Time : < 1 मिनेट
समाचार

सवारी दुर्घटनामा महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
२०७६ असार २ सोमबार १३:३९:००

मोरङको सुनदरहरैचा–३ गछिया चोक नजिकै सवारी दुर्घटना हुँदा महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतिर जाँदै गरेको २२ प २४४८ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको को २ च १८६१ नम्बरको भ्यानले ठक्कर दिएको थियो । 

भ्यानको ठक्करपछि स्कुटर अनियन्त्रित भएको थियो । अनियन्त्रित भएको स्कुटर विपरीत दिशाबाट आइरहेको को १ ख ३५०५ नम्बरको टाटा सुमोमा स्कुटर ठोकिएको थियो । सुमोमा ठोकिँएर दुर्घटना हुँदा स्कुटरमा सवार तीन जना घाइते भएका थिए ।

घाइतेमध्ये पछाडि बस्ने पथरी शनिश्चरे नगरपालिका–८ की यमुना बास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राम कुमार राईले जानकारी दिए । प्रहरीका अनुसार स्कुटर चालक नानु माया लिम्बु र उनका छोरा रोविन लिम्बुको नोवेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने सवारी साधन तथा चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।