१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी  आगरा
२०७६ असार २ सोमबार १३:०२:००
Read Time : < 1 मिनेट
विश्व

तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमान्दा श्रीमतीको हत्या 

Read Time : < 1 मिनेट
एजेन्सी  आगरा
२०७६ असार २ सोमबार १३:०२:००

भारत उत्तर प्रदेशका एक व्यक्तिले तान्त्रिकसँग यौन सम्बन्ध नराखेको भन्दै श्रीमतीको हत्या गरेका छन् । मानपाल सिंह नाम गरेका ३५ वर्षे युवकले रजनी नाम गरेकी आफ्नी श्रीमतीलाई गंगामा डुबाएर बुधबार हत्या गरेको प्रहरीले जनाएको छ । उनको शव गोताखोरको मद्दतले बिहीबार निकालिएको थियो । 

सन्तदास झारखण्डी नामका तान्त्रिकले ‘तेरी श्रीमतीले मसँग यौनसम्पर्क गरे तिमीहरुको परिवार धनी हुन्छ’ भनी मानपाललाई अन्धविश्वासका जगाएका थिए । तर श्रीमती तयार नभएपछि मानपालले हत्या गरेका हुन् । 

प्रहरीका अनुसार बुधबार आफूलाई भेट्न आएका दाजु राजेश सिंहसँग रजनीले बताएकी थिइन् कि, उनका श्रीमानले तान्तिकसँग जबरजस्ती यौन सम्पर्क राख्न दबाव दिइरहेका छन् । सिंहले आफ्ना ज्वाइलाई तान्त्रिकबाट पर रहन र डेरा सार्न सल्लाह दिएको कुरा प्रहरीसमक्ष बताएका थिए । 

मानपाल र रजनीको ९ वर्षअघि विवाह भएको थियो । तान्त्रिकको सम्पर्कमा आएपछि मानपालले लागुऔषध लिन सुरु गरेका थिए । प्रहरीका अनुसार अभियुक्त मानपाल राम्रो पौडीबाज थिए । उनले कसैले थाहा नपाओस् भनेर श्रीमतीलाई नदीको बीचमा लगेर डुबाएका थिए । 

एसएसपी आकाश कुल्हारीका अनुसार दुवै अभियुक्तलाई २४ घण्टाभित्रै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । उनका अनुसार तान्त्रिक लागूऔषध दुर्व्यसनी थिए । उनलाई यसअघि पनि ७ सय ग्राम हेरोइनसहित मथुरा प्रहरीले पक्राउ गरेको थियो ।