Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी काठमाडौं
२०७६ असार २ सोमबार १२:५६:००
Read Time : < 1 मिनेट
खेलकुद

नेयमार बेच्न पिएसजी तयार, रियल जालान् की बार्सिलोना ?

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडौं
२०७६ असार २ सोमबार १२:५६:००

पेरिस सेन्ट जर्मेन (पिएसजी) आफ्ना स्टार फवार्ड नेयमार बेच्न तयार भएको छ । फ्रेन्च मिडियाहरुका अनुसार पिएसजी यसै समरमा नेयमार बेच्न तयार भएको हो । 

कुनै क्लबबाट राम्रो प्रस्ताव आए नेयमार बेच्ने पिएसजीले जनाएको छ । २७ बर्षिय ब्राजिलियन पछिल्लो समय बार्सिलोना फर्कने चर्चा भइरहेको छ । यस्तै अर्को स्पेनिस क्लब रियल मड्रिडले समेत नेयमारलाई अनुबन्ध गर्न चाहेको छ । नेयमार सन् २०१७ मा बार्सिलोनाबाट विश्वकिर्तिमानी मूल्य १९८ मिलियन पाउण्डमा पिएसजी गएका थिए ।

उनी अहिले कुर्कुच्चाको चोटका कारण मैदान बाहिर छन् । कोपा अमेरिकाको तयारी स्वरुप ६ जुनमा भएको कतार विरुद्धको खेलमा उनी घाइते भएका हुन् । उनी १ महिना मैदान बाहिर रहनेछन् ।

पिएसजीमा नेयमारले ५८ खेलमा ५१ गोल गरेका छन् । यस्तै दुई पटक लिग वानको उपाधि जितेका छन् । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरज सन् २०१३ यता नेयमार भित्र्याउने अभियानमा छन् । २०१३ मा नेयमार रियलको प्रस्ताव अस्विकार गर्दै बार्सिलोना गएका थिए । गत सिजन क्रिस्टियानो रोनाल्डोले क्लब छोडेपछि रियलले उनलाई अनुबन्ध गर्ने प्रयास गरेको थियो । यो समरमा पनि परेजले नेयमारलाई बेर्नाबेउमा उतार्न चाहेको स्पनिस मिडियाले दाबी गर्दै आएका छन् ।

यता बार्सिलोनाका कप्तान लियोनल मेस्सी नेयमारलाई पुनः फिर्ता ल्याउनुपर्ने पक्षमा छन् । च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरुद्धको अप्रत्यासित हार र कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग पराजित भएपछि मेस्सीले नेयमारलाई फिर्ता ल्याउन क्लबको बोर्डसँग माग गरेका हुन् ।