मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका जेनेभा
२०७६ असार २ सोमबार १२:४८:००
Read Time : < 1 मिनेट
विश्व

लैंगिक समानताको माग गर्दै स्विस महिला सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका जेनेभा
२०७६ असार २ सोमबार १२:४८:००

लैंगिक समानताको माग गर्दै स्विट्जरल्यान्डका महिलाले सडकमा विशाल प्रदर्शन गरेका छन् । महिलाहरूले राजधानी बर्नलगायत सहरमा प्रदर्शन गरेका हुन् । आन्दोलनमा दसौँ हजार महिलाको सहभागिता थियो । स्विस महिलाले लैंगिक समानताको माग लामो समयदेखि गर्दै आएका छन् । सन् १९९१ मा पनि महिलाहरूले समानताको माग गर्दै सडक आन्दोलनमा होमिएका थिए । 

स्विट्जरल्यान्डका विभिन्न १६ महिला अधिकारवादी समूहको छाता संगठन युएसएसले एक विज्ञप्तिमा भनेको छ– ‘सन् २०१९ को जुन १४ राजनीतिक अधिकारका दृष्टिकोणले विशेष दिन मानिनेछ । किनकि दिनभर लाखौँ महिलाले हडतालमा सहभागिता जनाएका छन् ।

सन् १९१८ मा प्रथम विश्वयुद्ध अन्त्य भएपछि मतदानमा महिला अधिकारको माग गर्दै युरोपका लाखौँ महिलासँगै स्विस महिला सडकमा उत्रिएका थिए । तर, स्विस महिलाले सो अधिकार सन् १९७१ मा मात्र पाएका थिए । सन् १९९१ मा स्विस महिलाले हडताल गर्दा स्विस सरकारमा कोही पनि महिला थिएनन्, त्यहाँ सुत्केरी बिदाको कानुनी व्यवस्था पनि थिएन । सन् १९९१ मा स्विट्जरल्यान्डको सर्वोच्च अदालतले महिलालाई मतदानको अधिकारको रोक फुकाउन आदेश दिएको थियो । 

स्विस सरकारमा अहिले आठजना महिलाले विभिन्न मन्त्रालय सम्हालेका छन् । तर, स्विट्जरल्यान्डमा महिला कामदारले पुरुषको तुलनामा २० प्रतिशत न्यून तलब पाउँछन् । व्यवस्थापकीय ओहोदामा महिलाको प्रतिनिधित्व न्यून भएकाले अझै पनि महिलाका मुद्दा छायामा परेको उनीहरूको दाबी छ ।