Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार २ सोमबार १२:०६:००
Read Time : > 1 मिनेट
नयाँCity

जुन सहज लाग्छ, त्यही प्रयोग गर्छु :स्वस्तिमा खड्का

Read Time : > 1 मिनेट
२०७६ असार २ सोमबार १२:०६:००

अभिनेत्री स्वस्तिमा खड्का व्यस्त नायिका हुन् । स्वस्तिमा र निश्चल बस्नेतको फिल्म ‘घामट शेरे’ प्रदर्शनको तयारीमा छ । भर्खरै भारतीय कम्पनी स्ट्रिक्सको कार्यक्रममा ‘शो स्टपर’ भएर गएकी थिइन् । उनीसँग नयाँ पत्रिकाका नवीन प्यासीले ब्रान्ड संवाद गरेका छन् : 

तपाईंले पहिले कहिल्यै स्ट्रिक्सको उत्पादन प्रयोग गर्नुभएको थियो ? 
सानैदेखि गरेको हुँ । त्यो वेला नौ–दश कक्षामा पढ्दै थिएँ । त्यो वेलादेखि अहिलेसम्म लगातार प्रयोग गर्दै आएको छु । विशेषगरी कपालको केयरका लागि प्रयोग गर्ने गर्छु । 

त्यो वेला कसैको सुझाबमा कि आफ्नै सुरमा किन्नुभएको थियो ? 
अरूको सुझाबका कारण किनेको होइन । तर, स्ट्रिक्सको नाम पहिलादेखि नै सुन्दै आएको थिएँ । ठूलो भारतीय ब्रान्ड हो भन्ने थाहा थियो । अरू त थाहा थिएन । हुन त म ब्रान्ड कन्सस छैन । आफूलाई जे सहज लाग्छ त्यही प्रयोग गर्छु । 

ब्रान्ड कन्सस नभई कसरी एउटै सामान निरन्तर प्रयोग गर्नुभयो ? 
वास्तवमै म ब्रान्ड कन्सस छैन । जुत्ता, कपडामा यही नै प्रयोग गर्छु भन्ने छैन । जुन सजिलो र सहजजस्तो लाग्छ, त्यही प्रयोग गर्छु । मैले प्रयोग गरेका सामानले कम्तीमा मलाई सहज महसुस गराओस् । आफूलाई फिट पनि देखाउनुपर्‍यो र सुहाउनु पनि पर्‍यो । तर, कपाल र अनुहारमा भने निकै कन्सस छु । अनुहार र कपालका लागि ब्रान्ड नै खोज्ने गर्छु । त्यही भएर पनि मैले स्ट्रिक्सको उत्पादन लगाउने गरेको । 

म कपाल र अनुहारप्रति निकै कन्सस छु । अनुहार र कपालका लागि ब्रान्ड नै खोज्ने गर्छु । त्यही भएर पनि मैले स्ट्रिक्सको उत्पादन लगाउने गरेको । 

अनुहार र कपालमा मात्रै ब्रान्ड कन्सस किन नि ? 
कपाल र अनुहार जोगाउन मन पर्छ । जोगाउनुपर्छ भन्ने पनि लाग्छ । यी कुरा नै हो मानिसले झट्ट हेर्दा देख्ने । सुन्दर देखिनका लागि पनि यी दुई चिजको ठूलो भूमिका हुन्छ । 

कुनै दिन स्ट्रिक्सकै कार्यक्रममा गेस्ट भएर जान्छु भन्ने सोच्नुभएको थियो ?
पहिला ‘स्ट्रिक्स’ प्रयोग गर्दा त सोच्ने कुरा भएन । प्रयोग गर्नका लागि मात्र गरियो । भविष्यमाको कुरा त कसरी जान्ने ? अहिले यहाँ गेस्ट भएर आएँ । यो नै ठूलो कुरा हो । भोलि के होइन्छ भनेर मान्छेलाई थाहा हुन्न । 

कार्यक्रमका लागि कसरी निम्ता आएको थियो ? 
त्यस्तो ठूलो प्रक्रिया थिएन । मलाई भारतबाटै फोन आयो । उहाँहरूले प्रस्ताव गर्नुभयो । मलाई चित्त बुझ्यो र स्वीकृत गरिदिएँ । त्यस्तो लम्बेतानको कुनै प्रक्रिया भएन । यहाँ आएँ, क्याटवाक गरेँ । 

स्ट्रिक्सका ग्राहकलाई कुनै सल्लाह छ ? 
खासै त्यस्तो त छैन । खासमा मलाई पनि स्ट्रिक्सले कपालको केयर गर्ने सामान ल्याएको छ भन्ने थाहा थिएन । यो ठूलो भारतीय ब्रान्ड हो । नयाँ सेवाग्राहीलाई यो कम्पनीको सामान ढुक्कले प्रयोग गर्न सकिन्छ भनेर भन्न सक्छु ।   

तस्विर : संजित परियार