मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असार २ सोमबार ११:५५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कति आवश्यक छ सिजेरियन डेलिभरी ?

Read Time : < 1 मिनेट
२०७६ असार २ सोमबार ११:५५:००
  •  प्रसूति गराउन गरिने शल्यक्रियालाई सिजेरियन अर्थात् सी–सेक्सन भनिन्छ । प्राकृतिक रूपमा बच्चा जन्माउन नसक्ने अवस्थामा मात्र सिजेरियन डेलिभरी गर्नुपर्ने हो । यद्यपि, कुल गर्भवतीमध्ये १५ प्रतिशतमा मात्र सी–सेक्सन गर्नुपर्ने अवस्था आउन सक्छ । जसमध्ये पाँच प्रतिशत महिलामा मात्र शल्यक्रिया अनिवार्य हुन्छ । तर, पछिल्लो समयमा शल्यक्रियाबाट बच्चा जन्माउनेको संख्या एकदमै बढेको छ । 
  •  बढ्दो आधुनिकता, अस्वस्थ जीवनशैली र यौन जीवन बिग्रने डरका कारण महिला आफैँ सिजेरियन प्रक्रिया अपनाउँछन् । यो सरकारी अस्पतालमा भन्दा निजीमा बढी हुने गर्छ । 
  •  एक–दुईवटा मात्र बच्चा जन्माउन चाहने महिलाले जोखिम कम गर्न र पीडाबाट मुक्ति पाउन र कम समयमै डेलिभरी गराउन सी–सेक्सन रोज्ने गर्छन् । 

सावधानी

  •  शल्यक्रिया आफैँमा जोखिमपूर्ण अवस्था हो, जो बेहोस बनाएर गरिन्छ । चिरफार गर्नुपर्ने भएकाले घाउ पाक्ने, दुख्ने तथा अन्य  संक्रमण हुने सम्भावना उत्तिकै रहन्छ । जसले गर्दा भविष्यमा घाउ फाट्ने डर पनि बढेर जान्छ । कतिपयमा हर्निया हुने डर हुन्छ । 
  •  एकचपटक सी–सेक्सन गरेका महिलामा अर्कोपटक बच्चा जन्माउँदा समेत शल्यक्रिया गर्नुपर्ने हुन्छ । पटक–पटक शल्यक्रिया गर्दा महिलाको स्वास्थ्यमा असर पर्नुका साथै उनीहरू शारीरिक रूपमा पनि कमजोर हुने गर्छन् । त्यस्तै, अर्कोपटक गर्भवती हुँदा पहिले काटेको ठाँउको छाला फाट्ने, तन्किने र संक्रमण हुने सम्भावना बढेर जान्छ । 
  •  आमामा मात्र नभई बच्चामा समेत यसले नकारात्मक प्रभाव पार्छ । आमाको पाठेघरबाट बाहिर निस्किन शिशुले बल गर्दा उसको शारीरिक तथा मानसिक अवस्था बलियो हुन्छ । शल्यक्रिया गर्दा हुँदैन ।