मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका  काठमाडौं
२०७६ असार २ सोमबार ११:५५:००
Read Time : < 1 मिनेट
समाचार

राजपा सांसद कर्णको प्रश्न : ‘यो देश कसले चलाइरहेको छ ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  काठमाडौं
२०७६ असार २ सोमबार ११:५५:००

राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भुमिका निर्वाह गर्न गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपाका सासद लक्षमणलाल कर्णले संसदीय समितिको निर्देशन कार्यान्वयन गराई संसदीय मर्यादा कायम राख्न अभिभावकको भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका हुन् । 

संसदीय समितिले दिएको निर्देशन संबैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै उनले संसदको गरिमा, मर्यादा बचाउन अभिभावकको भुमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरे । समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । 

राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेकामा उनले आक्रोश पोखे  । 

संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको दाबी गरे । 

‘समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने रु’ उनले प्रश्न गरे । मन्त्रीको जन्म संसदबाट भएको उल्लेख गर्दै उनले मन्त्री आकाशबाट नआएको बताए ।‘मन्त्रीले बुझ्नुपर्छ । मन्त्री यो संसदले जन्माएको हो, ’ उनले भने् । 

उनले प्रश्न गरे, ‘संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाईरहेको छ रु एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश र?'

विज्ञापनको विरोधमा आन्दोलन भईरहदा कसैलाई चिन्ता नभएपनि राजपालाई चिन्ता भएको उल्लेख गर्दै कर्णले समानुपातिक समावेशीका लागि लडाई गरेको स्मरण गरे ।