मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असार २ सोमबार ११:३७:००
Read Time : > 1 मिनेट
नयाँCity

सेलेब्रिटीलाई प्रश्न : तपाईंलाई काठमाडौंमा ठूलो लागेको समस्या के हो ?

Read Time : > 1 मिनेट
२०७६ असार २ सोमबार ११:३७:००

विप्लव प्रतीक, कवि
सहरमा खाने खाजा फेरियो । बच्चालाई पनि जंक फुड खुवाइदिएका छन् । त्यसले शरीरमा पार्ने असरको अन्दाज छैन उनीहरूलाई । खोई चेतना ?

शिव परियार, गायक
कुनै पनि सामानमा एकरूपता छैन यहाँ । आफूखुसी मूल्य निर्धारण गर्नाले उपभोक्ता मारमा पर्ने समस्या छ । अनुगमन नहुनु पनि समस्या हो । समस्यै समस्या मात्र छन् ।

शिरीष देवकोटा, गायक
धुलो र धुवाँ, ट्राफिकजाम, अव्यवस्थित फुटपाथ र आत्मियता हराएको मन काठमाडौंको मुख्य समस्या लाग्छ, मलाई ।

प्रश्ना शाक्य, गायिका
काठमाडौंको सबैभन्दा ठूलो समस्या प्रदूषण हो । प्रदूषण न्यूनीकरणका लागि सरकार अग्रसर हुनुपर्छ । जनता पनि जागरुक हुनुपर्छ । 

रूपक डोटेल, गायक
अव्यवस्थित पार्किङ छ । सडक साँघुरा हुनाले प्रायः जाम हुन्छ । अत्यधिक मान्छेका कारण भिडभाड छ । 

ईश्वर बल्लभ उप्रेती, मोडल
मान्छे आत्माकेन्द्रित छन् । स्वार्थीपन बढ्दो छ । माया हराउँदै गएको छ । मान्छेहरू भित्रभित्रै ढुंगा बन्दैछन् । यो मलाई समस्या लाग्छ ।

शीतल कादम्बिनी, गीतकार
पानीको अभाव छ यहाँ । धुलो, धुवाँ र ट्राफिकजामले बाटोमा निस्कनै दिक्क लाग्छ । दसैँमा भने काठमाडौं स्मसानझैँ हुन्छ । नरमाइलो लाग्छ । मलाई धुलो, धुवाँ र जामविनाको काठमाडौं मन पर्छ ।

मुकुन भुसाल, अभिनेता
अत्यावश्यक रूपमा प्रयोगमा आउने प्रेटोलपम्प राति बन्द गरिनाले बिरामी पर्दा र अस्पताल जानुपर्दा समस्या हुन्छ । मेरा लागि सबैभन्दा ठूलो समस्या नै राति पेट्रोल पम्प बन्द हुनु हो ।

सारिका घिमिरे, अभिनेत्री
काठमाडौंको अव्यवस्थित बाटो, धुलो र धुवाँ ठूला समस्या हुन् । ट्राफिकजाम धेरै छ, जसका कारण कुुनै कामका लागि पनि समयमा पुग्नै सकिँदैन ।

राबत, कवि
कोठाबाट बाहिर निस्किँदा प्रेमिकाले पनि नचिन्ने गरी धुलो फुस्रो भइन्छ । साँझ सार्वजनिक बसमा एकदम निसास्सिएर ठूलो संघर्षले कोठामा फर्किँदा नुहाउने पानी हुँदैन । त्यसमाथि अचेल त बत्ती पनि जान थालेको छ । त्यतिवेला त मर्न मन लाग्छ । अरू समस्या त कति कति, कुरै छोडौँ ।

सपन श्रेष्ठ, गायक
मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको उसको स्वास्थ्य हो । अजकाल काठमाडांैको वातावरणले सबैको स्वास्थ्यमा एकदमै नकारात्मक असर पारिरहेको छ । यो ठूलो समस्या हो ।

बानिका प्रधान, गायिका
काठमाडांैको धुलो मलाई झैँ अरूलाई पनि सायद मन पर्दैन होला । यसले नाक र गला अवरुद्ध बनाइरहेको हुन्छ । स्वास्थ्यमा ठूलो असर गरेको छ । यहाँको धुलो नै ठूलो समस्या हो ।