१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २ सोमबार ११:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

श्यामश्वेत वर्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार २ सोमबार ११:४७:००

अभिनेत्री वर्षा सिवाकोटी अनेक कारणले चर्चामा आइरहन्छिन् । वर्षा र मिलन चाम्सको प्रेम सम्बन्ध रहेको हल्ला पनि वेलावेला चलिरहन्छ । भलै उनीहरूले भने यसबारे खुलेर कुरा गरेका छैनन् । न त हल्लालाई इन्कार नै गरेका छन् ।  कहिले प्रणेश गौतमविरुद्ध लेखिएका स्टाटस सेयर गरेर फ्यानको गाली खान्छिन् । अनेक कारणले समाचारको खुराक बनिरहिन्छन् । नाइँ नभन्नु ल २ बाट फिल्मी क्षेत्रमा पाइला राखेकी वर्षाको अभिनयले भने खासै प्रशंसा पाउन सकेको छैन । न त उनका फिल्म त्यति विघ्न सफल नै भएका छन् । 

तर, उनी भने सफल छिन् । सायद यस कुराले वर्षालाई पनि पिरोलेको होला । उनले इन्स्टाग्राममा ब्ल्याक एन्ड ह्वाइट फोटो हाल्दै क्याप्सन लेखेकी छिन्, ‘त्यो ऊर्जा बन्नुहोस्, जसलाई तपाईं आकर्षित गर्न चाहनुहुन्छ ।’