१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी  इङल्याण्ड
२०७६ असार २ सोमबार ०८:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

Read Time : < 1 मिनेट
एजेन्सी  इङल्याण्ड
२०७६ असार २ सोमबार ०८:३५:००

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेटका ‘भगवान’ सचिन तेन्दुलकरको अर्को कीर्तिमान पनि तोडेका छन् ।

विश्वकप क्रिकेट २०१९ अन्तर्गत आइतबार साँझ भएको पाकिस्तानविरुद्धको खेलमा ६५ बलमा ७७ रन जोडेका कोहली एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन कटाउने खेलाडी बनेका हुन् । 

कोहलीले २ सय ३० खेलमा २ सय २२ इनिङ्स खेल्दै ११ हजार रन पार गरेका हुन् । यसअघि यो कीर्तिमान सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले २ सय ८४ खेलमा २ सय ७६ इनिङ्स खेल्दै ११ हजार रन बनाएका थिए ।

अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ यो कीर्तिमानमा तेस्रो स्थानमा पुगेका छन् । उनले २ सय ९५ खेलमा २ सय ८६ इनिङ्स खेल्दै ११ हजार रन पुरा गरेका थिए ।