मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ असार १ आइतबार ०९:३४:००
Read Time : > 1 मिनेट
समाचार

लमजुङमा विपद् जोखिम पूर्वतयारीको अभ्यास

Read Time : > 1 मिनेट
२०७६ असार १ आइतबार ०९:३४:००

‘ऐया मरे... बचाउ बचाउ, मत मरे बचाउ बचाउ’ भन्दै कोही कराई रहेका थिए भने कोही घाइेतलाई स्टेचरमा राखेर सुरक्षित स्थान तर्फ लैजाँदै थिए । व्यक्तिगत सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाईतेलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थे । 

झट्ट हेर्दा बेसीशहर नगरपालिका-३ रानीकुवा र बेसीशहर नगरपालिका-६ खरखरे भिरमा ठूलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई पहल कार्यक्रमको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत विपद प्रतिकार्य सम्बन्धी नाटकिय अभ्यास गराइएको थियो । 

बाढी पहिरो, आगजनी लगायतका प्रकोपको नाटकिय घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी स्थानीय विपद व्यवस्थापन समितिलाई अभ्यास गराइएको पहल कार्यक्रम भएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए । खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको उनको भनाई छ ।

विपद व्यवस्थापन समितिलाई विपदका घटना जतिवेला जहाँपनि हुन सक्ने भएकाले पूर्वतयारीस्वरुप कृत्रिम अभ्यास गराइएको लमजुङमा रहेको श्रीजङ गणका गणपती शिखर राणाले बताए । 

उनले भने खोज तथा उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पूर्व अभ्यास गराइएको हो । जिल्ला विपद व्यवस्थापन समितिले नेपाली सेना, रेडक्रस, आरसीडिसी र सरोकारवाला नियकासँग समन्वय गरी उक्त अभ्यास गराएको हो । 

विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको बेसीशहर नगरपालिका ३ रानीकुवाका हुतराज बरालले बताए । 

जिल्लाको यो पहिलो कार्यक्रम भएकाले आगामी दिनमा वर्खायाम सुरु हुनुभन्दा अगाडी नै विपद्बाट जोगीनका लागी यस्ता कार्यक्रम सञ्चालन गरिने आरसिडिसि वर्ल्ड भिजन शिक्षा परियोजना संयोजक प्रमोद घिमिरेले बताए ।