१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३२ शनिबार २०:४४:००
Read Time : < 1 मिनेट
साहित्य

लघु उपन्यासबारे परिचर्चा कार्यक्रम सम्पन्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ ३२ शनिबार २०:४४:००

नेपाल प्रज्ञा प्रतिष्ठान र लघु कथा समाज नेपालद्वारा आयोजित लघु उपन्यास र लघु कथामा अन्तरसम्बन्ध विषयक विशेष गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम मैत्री सेवा आश्रम लप्सिफेदीको प्रेक्षालयमा सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अथिति प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्रसाद उपाध्याय थिए भने अशेष मल्ल, माया ठकुरीलगायतका अथितिले गाेष्ठीमा अाफ्नाे मन्तव्य राखेका थिए । कार्यक्रममा समालोचक लक्ष्मण प्रसाद गौतमले सोही विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा साहित्यकार गोविन्द गिरी 'प्रेरणा'ले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा २३ जना कथाकारले लघु कथा वाचन गरेका थिए । मैत्री सेवा आश्रमका अध्यक्ष मित्रसेन दाहालको संयोजकमा कार्यक्रम सप्पन्न भएको थियो ।