मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ जेठ ३२ शनिबार ०८:३६:००
Read Time : < 1 मिनेट
साहित्य

पत्रकारितासँगै साहित्यमा सिग्देल

Read Time : < 1 मिनेट
२०७६ जेठ ३२ शनिबार ०८:३६:००

पत्रकारितामा अढाई दशक लामो अनुभव प्राप्त पत्रकार तीर्थ सिग्देल पछिल्लो समय पुस्तक लेखनतिर लागेका छन् । ०५० सालदेखि पत्रकारिता थालेका उनले पछिल्ला तीन वर्षमा तीनवटा पुस्तक लेखेका छन् । ०७३ भदौमा ‘जीवनको गति’ सार्वजनिक गरेका सिग्देलले ०७४ मा ‘पूर्वको राजनीति’ बजारमा ल्याए । त्यसपछि हालै उनले ‘मनोनेट’ कथासंग्रह सार्वजनिक गरेका छन् ।

‘जीवनको गति’मा सिग्देलले आफ्नो पत्रकारिताको यात्रामा समाजका भोगाइलाई उतारेका छन् भने ‘पूर्वको राजनीति’ राजनीतिक विषयमा सम्बन्धित छ ।  आफ्नो जन्मदिनको अवसर पारेर २० जेठमा उनले सार्वजनिक गरेको मनोनेटमा विभिन्न विषयका २२ वटा कथा समेटेका छन् । 

वर्षौँदेखि समाचार लेखेर रमाएका पत्रकार सिग्देल पछिल्ला तीन वर्षमा पुस्तक लेखकका रूपमा चिनिएका छन् । ‘खासमा म खोज र अनुसन्धानमा आधारित भएर लेख्ने लेखक हुँ,’ सिग्देल भन्छन्, ‘पत्रकारिता गर्दा मैले देखेका र भोगेका विषय समेटेर पहिलो पुस्तक लेखेँ, धेरै खोज गरेर दोस्रो पुस्तक बजारमा ल्याएँ, तेस्रो पुस्तकमार्फत मैले साहित्यमा पनि डेब्यु गरेको छु ।’ सिग्देलले बिर्तामोडमा ‘बिर्ताज्योति’ नामक साप्ताहिक पत्रिका चलाउँछन् ।