१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बेइजिङमा श्वेत चैत्य सप्ताह, अरनिकोको सम्झना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:४७:oo

चीनको राजधानी बेइजिङमा श्वेत चैत्य सांस्कृतिक सप्ताह शनिबारदेखि सुरु भएको छ । नेपाली कलाकार अरनिकोद्वारा बेइजिङमा निर्मित श्वेत चैत्यपरिसरमा आयोजित सांस्कृतिक सप्ताहको मुख्य नारा ‘चीन नेपाल सदाबहार मित्रता, सदाबहार सांस्कृतिक सम्पदा’ छ ।

चिनियाँ सञ्चारमाध्यम सिजिटिएनका अनुसार बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह २०२५ को उद्घाटन समारोहमा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले सम्बोधन गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भिडियोमार्फत सम्बोधन गरेका छन् । 

राजदूत ओलीले नेपाल र चीनबिचको मैत्री सम्बन्धमा कलाकार अरनिकोले सबैभन्दा ठूलो योगदान दिएको बताए । उनले विभिन्न कालखण्डमा चिनियाँ र नेपाल भिक्षुले भ्रमण आदान–प्रदान गरेर दुई देशबिचको सम्बन्धलाई विकास गरेको उल्लेख गरे । 

समारोहमा चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा ब्युरोअन्तर्गत सम्पदा क्षेत्र विभागका उपमहानिर्देशक चङ लै र बेइजिङ नगरपालिकाको सांस्कृतिक सम्पदा ब्युरोका उपमहानिर्देशक सोङ हाउच्येले पनि सम्बोधन गरेका थिए । १३औँ शताब्दीमा निर्मित श्वेत चैत्य नेपाल र चीन सम्बन्धको महत्वपूर्ण प्रतीक मानिन्छ । ‘महान् नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेत चैत्य बेइजिङको केन्द्र भागमा सदा संरक्षित रहेको छ,’ सिजिटिएनले लेखेको छ ।

बेइजिङस्थित नेपाली दूतावासकी काउन्सुलर सविता नकर्मीले नेपालको पर्यटन प्रवद्र्धन गर्ने श्रव्यदृश्य सामग्री प्रस्तुत गरेकी थिइन् । सात सय वर्षभन्दा लामो समयदेखि नेपाल र चीनको मित्रतालाई उजागर गरिरहेको बेइजिङको श्वेत चैत्यलाई दुई देशबिचको मित्रताको प्रतीक मानिएको छ ।