१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 16 June, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format २o:३४:oo
Read Time : < 1 मिनेट
समाचार

महाकाली चार लेन पुलकाे तटबन्ध पुनर्निर्माणमा चुरेका ढुंगा प्रयोग गरिने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format २o:३४:oo

गत वर्ष बाढीले भत्काएको महाकाली चार लेन पुलको तटबन्ध (गाइडबन्ड) पुनर्निर्माणका लागि चुरेका खोलाबाट ढुंगा निकालिने भएको छ। चारलेन पुलको गाइडबन्ड गत वर्ष महाकाली नदीको बाढीले झन्डै तीन सय मिटर भत्किएको थियो। 

यस वर्ष सरकारले असारदेखि असोजसम्म भीनपा ११, १२ र १३ विपत् व्यवस्थापन घोषणा गरेर नेपाली सेनामार्फत गत जेठ दोस्रो सातादेखि भत्किएको तटबन्ध पुनर्निर्माणदेखि नदीको च्यानलाइजेसन गरिरहेको छ। 

भत्किएको गाइडबन्ड पुनर्निर्माणका लागि ठुलो परिमाण ढुंगा आवश्यक परेपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सेनालाई ढुंगा उपलब्ध गराउने निर्णय गरेको हो। 

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भीमदत्त र बेदकोट नगरको उत्तरी चुरेका खोला नदीबाट ६० सेन्टिमिटरभन्दा बढीका ढुंगा निकाल्ने निर्णय भएको बताए । जिसस प्रमुख बोहराका अनुसार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी समेत रहेका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले तटबन्ध पुनर्निर्माणका लागि भीमदत्त नगरकोे भिमरीगाड, खन्यखोला, कामिकाटे र बेदकोटको रौटेला सहितका खोलाबाट ढुंगा उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले यसअघिको डिजाइनमा जिरो प्वाइन्ट समेट्न नसकिएको बताए । ‘उतिबेला महाकाली पुलको डिजाइन बनाउँदा जिरो प्वाइन्ट छुटेको छ, अहिले त्यहाँ पनि कटान भइरहेको छ, त्यहाँ पनि हेरिदिनुपर्याे ।’

गतवर्ष बाढीले भत्काएको तटबन्धसहितका अतिरिक्त कामका लागि पुल निर्माण कम्पनी कुमार सिएफआइसी जेभीले भेरियसनको कामका लागि कार्यालय, विभाग हुँदै मन्त्रालयमा फाइल पेस गरे केही महिनादेखि काम रोकेको थियो । सरकारले विपत् संकट घोषणा गरेपछि सेनालाई जिम्मेवारी दिएसँगै काम भइरहेको छ । विगतदेखि महाकाली तटिय क्षेत्रका स्थानीयले समयमै भुजेला खोला र महाकाली नदी नियन्त्रणको माग सार्दै आएका छन् ।